हावाहुरीका कारण प्राधिकरणको १५ करोड क्षति, मङ्गलबारसम्म विद्युत् सञ्चालन गरिने « Khabarhub

हावाहुरीका कारण प्राधिकरणको १५ करोड क्षति, मङ्गलबारसम्म विद्युत् सञ्चालन गरिने


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको रु १५ करोड बराबरको क्षति भएको छ ।

बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ । संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको छ । वीरगञ्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा समस्या आएको छ भने बाराको सदरमुकाम कलैयामा विद्युत् आपूर्ति नियमित रहेको छ ।

हुरीबतासका कारण परवानीपुर–वीरगञ्ज ६६ केभी डबल सर्किट प्रसारण लाइनमा क्षति पुगी विद्युत् आपूर्तिमा समस्या आएको छ । यस्तै वीरगञ्ज–कलैया ३३ केभी प्रसारण लाइनमा समेत क्षति पुगेका कारण विद्युत् आपूर्तिमा समस्या आएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

भारतबाट विद्युत् आयात हुने १३२ केभी रक्सौल–परवानीपुर प्रसारण लाइनको ठूलो टावरमा समेत क्षतिग्रस्त भएको छ । सोही कारण विद्युत् आपूर्तिमा समस्या आएको छ । कलैया वितरण केन्द्रअन्तर्गतको विद्युत् प्रणालीमा मात्र एक हजार ५०० खम्बा ढलेका छन् ।

क्षतिग्रस्त भएका प्राधिकरणको संरचना तत्काल मर्मत गरी विद्युत् आपूर्ति नियमित गराउनका लागि प्राधिकरणको हेटौंडास्थित क्षेत्रीय कार्यालयको टोली तथा बारा र पर्साको टोली आँधी हुरी प्रभावित क्षेत्रमा पुगेका छन् ।

हेटौडा क्षेत्रीय कार्यालयका प्रमुख नवराज सुवेदीका अनुसार आज साँझसम्म केही स्थानमा र मङ्गलबार अबेरसम्म सकेसम्म सबै स्थानमा विद्युत् आपूर्ति गर्ने तयारीमा प्राधिकरण जुटेको सुवेदीले जानकारी दिए। हावाहुरीले प्राधिकरणका तार चुन्डेका छन् भने ट्रान्सफर्मरसमेत लडेर क्षति पुगेको प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयले जनाएको छ ।

प्राधिकरणले कलैयास्थित सबस्टेशन आइतबार नै चन्द्रनिगाहपुर सवस्टेशनबाट चार्ज गरी बजार क्षेत्रमा विद्युत् आपूर्तिको व्यवस्था मिलाएको छ । दुवै जिल्लामा गरी दुई हजार बढी खम्बा लडेको प्रमुख सुवेदीले जानकारी दिए ।

विद्युत् प्रणालीमा क्षति पुगे पनि विद्युतीय दुर्घटना हुन नदिन प्राधिकरणले सजगता अपनाएको जानकारी दिँदै प्राधिकरणका प्रवक्ता अधिकारीले दैवीप्रकोपबाट हुन पुगेको प्रणाली सुधार गर्न सबै प्रकारको साधन र स्रोत परिचालन गरिएको बताए । बारा र पर्साका क्षेत्रका बाहेक देशभर विद्युत् प्रणालीमा कुनै पनि समस्या नरहेको प्राधिकरणले स्पष्ट पारेको छ । ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ३ : ४६ बजे

खोटाङको धन्नेश्वरी गुफा सरसफाइ

खोटाङ– खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको

भेनेजुयलामा तत्काल चुनाव नगर्न अमेरिकी दबाब

वासिङ्टन – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत

टी-२० विश्वकप : बंगलादेशको टोली घोषणा

काठमाडौं – आईसीसी टी-२० विश्वकपका लागि बंगलादेशले टिम घोषणा गरेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

ला लिगा : शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाउँदै रियल

काठमाडौं – स्पेनिस ला लिगा तालिकाको पहिलो स्थानको बार्सिलोनासँग दोस्रो