एन्फाको आर्थिक नियमावली र कार्यविधि तयार « Khabarhub

एन्फाको आर्थिक नियमावली र कार्यविधि तयार


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो आर्थिक नियमावली तयार पारेको छ । सोमबार पत्रकार सम्मेलन गरी एन्फाले अर्थिक नियमावली तयार भएको जानकारी दिएको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नियमावली सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताएका छन् । यस्तै, उनले नियमावली नीतिगत गाइड भएको र कार्यविधिमा सबै प्रक्रिया समेटिएको हुने बताएका छन् ।

उनले भने, “यो नियमावली र कार्यविधि घोषणा गरिरहँदा अत्यन्त खुसी भएको छु । हिजो घोषणा गरेको आर्थिक पारदर्शीतालाई कायम गर्न यसले सहज बनाउने छ । आर्थिक नियमावलीमात्रै जारी गरेर नहुने भएपछि हामीले आर्थिक कार्यविधि पनि जारी गरेका हौं । नियमावलीले नीतिगत रुपमा गाइड गर्छ भने कार्यविधिले सबै शीर्षकमा स्पष्ट व्यवस्था गर्ने गर्छ ।”

यस्तै, एन्फाको नयाँ कार्यसमिति आइसकेपछि सुशासन कायम गर्ने भन्ने विभिन्न कार्यक्रम घोषणा गरेका बताउँदै एन्फा महासचिव इन्द्रमान तुलाधरले सुशासनका कायम गर्न कार्यविधि र नियमावली आधार बनेको बताए ।

यस्तै, उनले अहिलेका लागि नियमावली र कार्यविधि सानो लागेपनि दिर्घकालीन रुपमा राम्रो प्रभाव पार्ने बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ८ : ११ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका