अवैध सामानसहित बर्दियामा एक जना पक्राउ « Khabarhub

अवैध सामानसहित बर्दियामा एक जना पक्राउ


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया–जिल्ला प्रहरी कार्यालय बर्दियाले अवैध सामान सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बढैयाताल गाउँपालिका–६, शिवमन्दिर चौक र वडा नम्वर २ फुटाह छेउमा भारतबाट अवैध मालसामान चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा बढैयाताल ७ का कृपाराम यादवलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मैनापोखरवाट खटीएको टोलीले यादवको साथवाट अवैध रुपमा ल्याउदै गरेको सुपरपावर सुर्ती ३ सय ५० पोका, अग्रवाल सुट १२ पिस, राजेश सुट ८ पिस, कैलाश सुट ३ पिस, सुटपिस थान १, खाता कपडा ५ थान, मोटरसाईकलको टायर १ सय २० थान, फलामको जाली सहित दुईवटा मोटरसाईकल गरी २ लाख १० हजार ४ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय गुलरियामा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ९ : २३ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला