श्रमिकले थाहा नपाएको मजदुर दिवस « Khabarhub

श्रमिकले थाहा नपाएको मजदुर दिवस


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज १ सय ३० औं विश्व मजदुर दिवस । विश्वभरका श्रमिकले विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् । सरकारले नेपालमा पनि श्रमिकका अधिकार सामाजिक सुरक्षाका आधारमा भन्दै नाराका साथ मनाउने तय गरेको छ ।

दैनिक ज्यालादरी गरेर जीवन यापन गर्ने कतिपय श्रमिकलाई यो दिवसका बारेमा खासै मतलब नहुने गरेको छ । मे दिवसका दिन हामीले राजधानीका विभिन्न स्थानमा भेटेका धेरै मजदुर मे दिवस नमाउने र दिवसका बारेमा चासो नभएको बताउँछन् ।

राजधानीमा काम गरेर दैनिकी गुजारा गरिरहेका काभ्रेका श्याम कार्की सधैँ जस्तै आज पनि आफ्नो रिक्सा लिएर काम गर्न निस्के । कार्की पुतलीसडक आसपासमा रिक्सामा समान ओसरपसार गर्ने काम गर्छन । खबरहबले कार्कीलाई आज त मे दिवस तपाईंले मनाउनुभएन ? भन्ने प्रश्न गर्दा कार्कीले जवाफ दिए, ‘एक दिन मे दिवस मनाएर के गर्नु भोलिदेखि भारी नबोकी खान पुग्दैन । छाक टार्न काम गर्नैपर्छ । आज मजदुर दिवस मनाउन गयो भने एक दिनको कमाइ हानी हुन्छ ।’ सरकारले मदजुरको होइन मालिकका लागि मे दिवस मनाउन गरेको उनको आरोप छ ।

रौतहटका मिन्सार मियाँ राजधानीका विभिन्न क्षेत्रमा कवाडी बटुल्न हिंडछन् । मियाँले मे दिवसका बारेमा आफुलाई जानकारी नभएको बताए । सरकारले एकतिर हरेक मजदुरलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने भन्दै मे दिवस मनाइरहेका छ । भने, अर्कोतिर कतिपय मजदुर भने मे दिवस कहाँ कसरी मनाइदै छ भनेर अविज्ञता प्रकट गर्छन । मियाँले मे दिवसले श्रमिकको हकहितका लागि काम नगर्ने बताए । उनले सँधै मजदुरको बाध्यतालाई बुझ्ने गरी काम गर्न सुझाव दिए ।

पुतलीसडक कै पेटी निर्माण काम गरिहेका रामेछापका विश्वास तामाङलाई पनि मे दिवसले छोएको छैन । तामाङ अरु दिन जस्तै आजपनि बिहानै देखि काममा खटिएका छन्। उनले भने, ‘मैले निर्माण क्षेत्रमा काम गरेको ५ वर्ष भयो । अहिलेसम्म मे दिवस मनाएको छैन । हामी जस्ता काम गर्ने गरीबलाई किन मनाउनु प¥यो मजदुर दिवस ।’ मे दिवसका दिन त कम्पनी छुटी नदिने गरेको उनको भनाइ छ । यस्तै, नयाँ बानेश्वरस्थित बिजुलीबजार पुल काम गर्ने श्रमिकको गुनासो पनि उस्तै छ । मे दिवसका दिन कम्पनीले छुटी नै नदिएको उनीहरु बताउँछन् ।

मे दिवसमा विकसित देशले श्रमिकका सेवा सुविधा परिमार्जत र बृद्धि गर्ने गरेका छन् । तर, नेपालमा मे दिवस मनाइएपनि मजदुरका लागि त्यस्ता सेवा सुविधामा वास्ता हुँदैन । यो दिवस श्रमिकमैत्री भन्दा पनि राजनीतिक दल केन्द्रित हुने गरेको छ । जसका कारण वास्तविक मदजुर मे दिवस मनाउन उत्साहित देखिदैनन ।

केन्द्रीय तंथ्याक विभागको तंथ्याक अनुसार नेपालमा करिब २० लाख ज्यालादारीका श्रमिक रहेका छन् । उनीहरु सरकारले निधारण गरेको सेवा सुविधा नलिइ आफनै ढंगले विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । देशभर नीजि र सरकारी क्षेत्रमा ७० लाखभन्दा विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक छन् ।

अमेरिकाको सिकागो सहरका मजदुरले १ मे १८८६ मा ८ घण्टा काम, ८ घण्टा विश्राम र ८ घण्टा मनोरञ्जनको माग राख्दै आन्दोलनमा गरेका थिए । करिब ४ वर्ष लगातार मजदुरको आन्दोलनपश्चात् अमेरिकी सरकार मजदुरलाई ८ घण्टा मात्र काममा लगााउने कानुन बनाउन र मजदुरले राखेको अन्य माग पूरा गर्न बाध्य भयो । यसरी मजदुरले आन्दोलनबाट विजय हासिल गरेको दिनको सम्झनामा मे दिवसका रुपमा मजदुर दिवस मनाउन थालिएको हो ।

१ मेलाई दिवसका रूपमा मनाउन सन् १८९० मा एंगेल्सको अगुवाइमा भएको दोस्रो कम्युनिस्ट इन्टरनेसनलको सम्मेलनमा छलफल भई निर्णय भएको आधारमा १ मे १८९० देखि विश्वभर मे दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ३ : ३६ बजे

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट