श्रमिकले थाहा नपाएको मजदुर दिवस « Khabarhub

श्रमिकले थाहा नपाएको मजदुर दिवस


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज १ सय ३० औं विश्व मजदुर दिवस । विश्वभरका श्रमिकले विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् । सरकारले नेपालमा पनि श्रमिकका अधिकार सामाजिक सुरक्षाका आधारमा भन्दै नाराका साथ मनाउने तय गरेको छ ।

दैनिक ज्यालादरी गरेर जीवन यापन गर्ने कतिपय श्रमिकलाई यो दिवसका बारेमा खासै मतलब नहुने गरेको छ । मे दिवसका दिन हामीले राजधानीका विभिन्न स्थानमा भेटेका धेरै मजदुर मे दिवस नमाउने र दिवसका बारेमा चासो नभएको बताउँछन् ।

राजधानीमा काम गरेर दैनिकी गुजारा गरिरहेका काभ्रेका श्याम कार्की सधैँ जस्तै आज पनि आफ्नो रिक्सा लिएर काम गर्न निस्के । कार्की पुतलीसडक आसपासमा रिक्सामा समान ओसरपसार गर्ने काम गर्छन । खबरहबले कार्कीलाई आज त मे दिवस तपाईंले मनाउनुभएन ? भन्ने प्रश्न गर्दा कार्कीले जवाफ दिए, ‘एक दिन मे दिवस मनाएर के गर्नु भोलिदेखि भारी नबोकी खान पुग्दैन । छाक टार्न काम गर्नैपर्छ । आज मजदुर दिवस मनाउन गयो भने एक दिनको कमाइ हानी हुन्छ ।’ सरकारले मदजुरको होइन मालिकका लागि मे दिवस मनाउन गरेको उनको आरोप छ ।

रौतहटका मिन्सार मियाँ राजधानीका विभिन्न क्षेत्रमा कवाडी बटुल्न हिंडछन् । मियाँले मे दिवसका बारेमा आफुलाई जानकारी नभएको बताए । सरकारले एकतिर हरेक मजदुरलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने भन्दै मे दिवस मनाइरहेका छ । भने, अर्कोतिर कतिपय मजदुर भने मे दिवस कहाँ कसरी मनाइदै छ भनेर अविज्ञता प्रकट गर्छन । मियाँले मे दिवसले श्रमिकको हकहितका लागि काम नगर्ने बताए । उनले सँधै मजदुरको बाध्यतालाई बुझ्ने गरी काम गर्न सुझाव दिए ।

पुतलीसडक कै पेटी निर्माण काम गरिहेका रामेछापका विश्वास तामाङलाई पनि मे दिवसले छोएको छैन । तामाङ अरु दिन जस्तै आजपनि बिहानै देखि काममा खटिएका छन्। उनले भने, ‘मैले निर्माण क्षेत्रमा काम गरेको ५ वर्ष भयो । अहिलेसम्म मे दिवस मनाएको छैन । हामी जस्ता काम गर्ने गरीबलाई किन मनाउनु प¥यो मजदुर दिवस ।’ मे दिवसका दिन त कम्पनी छुटी नदिने गरेको उनको भनाइ छ । यस्तै, नयाँ बानेश्वरस्थित बिजुलीबजार पुल काम गर्ने श्रमिकको गुनासो पनि उस्तै छ । मे दिवसका दिन कम्पनीले छुटी नै नदिएको उनीहरु बताउँछन् ।

मे दिवसमा विकसित देशले श्रमिकका सेवा सुविधा परिमार्जत र बृद्धि गर्ने गरेका छन् । तर, नेपालमा मे दिवस मनाइएपनि मजदुरका लागि त्यस्ता सेवा सुविधामा वास्ता हुँदैन । यो दिवस श्रमिकमैत्री भन्दा पनि राजनीतिक दल केन्द्रित हुने गरेको छ । जसका कारण वास्तविक मदजुर मे दिवस मनाउन उत्साहित देखिदैनन ।

केन्द्रीय तंथ्याक विभागको तंथ्याक अनुसार नेपालमा करिब २० लाख ज्यालादारीका श्रमिक रहेका छन् । उनीहरु सरकारले निधारण गरेको सेवा सुविधा नलिइ आफनै ढंगले विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । देशभर नीजि र सरकारी क्षेत्रमा ७० लाखभन्दा विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक छन् ।

अमेरिकाको सिकागो सहरका मजदुरले १ मे १८८६ मा ८ घण्टा काम, ८ घण्टा विश्राम र ८ घण्टा मनोरञ्जनको माग राख्दै आन्दोलनमा गरेका थिए । करिब ४ वर्ष लगातार मजदुरको आन्दोलनपश्चात् अमेरिकी सरकार मजदुरलाई ८ घण्टा मात्र काममा लगााउने कानुन बनाउन र मजदुरले राखेको अन्य माग पूरा गर्न बाध्य भयो । यसरी मजदुरले आन्दोलनबाट विजय हासिल गरेको दिनको सम्झनामा मे दिवसका रुपमा मजदुर दिवस मनाउन थालिएको हो ।

१ मेलाई दिवसका रूपमा मनाउन सन् १८९० मा एंगेल्सको अगुवाइमा भएको दोस्रो कम्युनिस्ट इन्टरनेसनलको सम्मेलनमा छलफल भई निर्णय भएको आधारमा १ मे १८९० देखि विश्वभर मे दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ३ : ३६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल