प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देनलाई  « Khabarhub

प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देनलाई 


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्केटिङ तथा स्केटबोर्डिंङ संघ र द स्केटल्याण्ड स्केटपार्क गोकर्णको संयुक्त आयोजनामा नेपालमा पहिलोपटक आयोजित राष्ट्रिय स्तरको ओपन स्केट म्याराथन प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

शनिबार बिहान सुन्दरीजलदेखि गोर्कर्ण स्थित द स्केटल्याण्ड स्केटपार्क सम्मको ५ किलोमिटर दूरीको प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अधक्ष्य जीवनराम श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिजाल र नेपाल नेपाल स्केटिङ तथा स्केटबोर्डिंङ संघका अधक्ष्य अच्युत खनालले उद्घाटन गरेका थिए । 

प्रतियोगितामा महिला र पुरुष गरि करिब २०० जना स्वदेशी तथा विदेशी खेलाडी सहभागी भए ।  यो खेल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका सुन्दरीजल, आलापोट चोकदेखि गोकर्णेश्वर नगरपालिकाको तालिन्चोकस्थित द स्केटल्याण्ड स्केटपार्कसम्म करिब ५ किलोमिटर बराबरको दूरीमा खेलाइएको थियो

प्रतियोगिताको महिलातर्फ निमिशा पाख्रिन प्रथम, मोनिका मगर द्वितीय र सिवानी रेग्मी तृतीय भए । पुरुषतर्फ साम्देन ग्याल्बो शेर्पा प्रथम, अनिश गुरुङ द्वितीय र सफल थापा तृतीय भएको प्रमुख प्रशिक्षक दिलिपराज बरालले बताएका छन् ।  

उक्त प्रतियोगिता अन्तर्गत प्रथम द्वितीय र तृतीय हुनेलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ, गोकर्णेश्वरका मेयर रिजाल र नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका खनालले संयुक्त रुपमा पुरस्कार दिए। 

प्रतियोगितामा प्रथमलाई ३० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार  नगद प्रदान गरिएको छ । विजेतालाई ट्रफी र प्रमाणपत्र पनि दिइयो । 
 
यसअघि उक्त म्याराथन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ संघले स्केटिङ खेल विधा अन्तर्गतका विभिन्न खेल निरन्तर आयोजना गरिरहेको बताए । ।

उनले यस विधाबाट अन्तराष्ट्रिय स्तरमा पदक जित्ने विश्वास व्यक्त गरे, कार्यक्रममा गोकर्णेश्वर नगरका मेयर रिजालले यस्ता प्रकारका प्रतियोगिता आयोजना गर्न नगरपालिकाले भविष्यमा उपयुक्त लगानी गर्ने जानकारी गराए

कार्यक्रममा बोल्दै नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका केन्द्रिय अध्यक्ष अच्युत खनालले अब संघले स्केट कल्चर बिकासका लागि प्रतियोगितात्मक र व्यावसायिक दुवै हिसाबले  देशैभर लैजाने बताए,  प्रतियोगितामा नेपाल र नेपाल बाहिर का सयौं खेलाडीको उपस्थितिमा सम्पन्न भएको आयोजक संघका महासचिव सत्य थापाले  बताएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ६ : ०७ बजे

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन– गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय