करण जोहरको प्रोडक्सन हाउसमा आगो लाग्यो , एक व्यक्ति घाइते | Khabarhub Khabarhub

करण जोहरको प्रोडक्सन हाउसमा आगो लाग्यो , एक व्यक्ति घाइते


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड फिल्म निर्माता करण जोहरको प्रोडक्सन कम्पनी धर्मा प्रोडक्सनको मुम्बईस्थित गोदाममा गए राति आगो लागेको छ । आगलागीबाट गोदाममा निकै क्षति पुगेको छ ।

अचानक आगो सल्केपछि १२ वटा दमकल आगो निभाउन जुटेका थिए । लामो समयपछि बल्ल गोदाममा लागेको आगो निभेको थियो । योसँगै करण जोहरलाई ठूलो क्षति पुगेको छ । क्षतिको यकिन विवरण भने आइसकेको छैन । आगोले बिल्डिङमा पनि क्षति पुर्‍याएको छ ।

भारतीय मिडियाको खबरअनुसार मंगलवार राति साढे २ बजे आगो लागेको थियो । यो आगो सामानमा सल्केर तेस्रो तल्लासम्म पुगेको थियो ।

मिडियाका अनुसार आगलागीमा परेर एक व्यक्ति घाइते भएका छन् । ती व्यक्तिलाई तत्काल अस्पताल पुर्‍याइएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  २ : १३ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै