नेपालमा चक्रवात ‘फानी’ आउने खतरा, सतर्क रहन मौसमविद्को आग्रह | Khabarhub Khabarhub

नेपालमा चक्रवात ‘फानी’ आउने खतरा, सतर्क रहन मौसमविद्को आग्रह


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा चक्रवात फानी ओडिशा–आन्ध्र प्रदेश तर्फ अघि बढेपछि नेपालमा पनि त्यसले प्रभाव पार्न सक्ने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको धेरै शक्तिशाली चक्रवात‘फानी’ विस्तार उत्तर–पश्चिम तिर अघि बढिरहेको छ ।

शुक्रबारबाट यो प्रणाली भारतको ओडिसा आसपास तिर मेडिने देखिएको सम्भावना रहेको मौसमविद्हरु बताउँछन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो चक्रवात ‘फानी’ शुक्रवार अपराह्नपछि नेपालको पूर्वी भूभाग नजिक हुँदै उत्तर– उत्तर पूर्व जाने क्रममा रहेन पूर्वानुमान गरेको छ ।

उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि नेपालको पूर्वी र मध्य हिमाली भूभागमा भारी हिमपात तथा प्रि मनसुन भएकोले पूर्वी र मध्यका स्थानहरुमा हावाहुरीसहित हल्का देखि मध्ययम वर्षा हुन सक्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सतर्क रहनसमेत आग्रह गरेको छ ।

भारतीय मौसम विभागलेसमेत सतर्क रहन आफ्ना नागरिकलाई आग्रह गरेको छ । भारतको उत्तर प्रदेशमा फानी चक्रावतका कारण ३० देखि ४० किलोमिटर प्रतिघन्टाको गतिले हावा चल्नसक्ने अनुमान भारतीय मौसम विभागले गरेको छ ।

भारतीय मौसम विभागले मंगलबार राति लगभग २१ किलोमिटर प्रति घन्टाको रफ्तारमा हावा उत्तर पश्चिम तर्फ अघि बढिरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  २ : १२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका