नेपालमा चक्रवात ‘फानी’ आउने खतरा, सतर्क रहन मौसमविद्को आग्रह « Khabarhub

नेपालमा चक्रवात ‘फानी’ आउने खतरा, सतर्क रहन मौसमविद्को आग्रह


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा चक्रवात फानी ओडिशा–आन्ध्र प्रदेश तर्फ अघि बढेपछि नेपालमा पनि त्यसले प्रभाव पार्न सक्ने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको धेरै शक्तिशाली चक्रवात‘फानी’ विस्तार उत्तर–पश्चिम तिर अघि बढिरहेको छ ।

शुक्रबारबाट यो प्रणाली भारतको ओडिसा आसपास तिर मेडिने देखिएको सम्भावना रहेको मौसमविद्हरु बताउँछन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो चक्रवात ‘फानी’ शुक्रवार अपराह्नपछि नेपालको पूर्वी भूभाग नजिक हुँदै उत्तर– उत्तर पूर्व जाने क्रममा रहेन पूर्वानुमान गरेको छ ।

उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि नेपालको पूर्वी र मध्य हिमाली भूभागमा भारी हिमपात तथा प्रि मनसुन भएकोले पूर्वी र मध्यका स्थानहरुमा हावाहुरीसहित हल्का देखि मध्ययम वर्षा हुन सक्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सतर्क रहनसमेत आग्रह गरेको छ ।

भारतीय मौसम विभागलेसमेत सतर्क रहन आफ्ना नागरिकलाई आग्रह गरेको छ । भारतको उत्तर प्रदेशमा फानी चक्रावतका कारण ३० देखि ४० किलोमिटर प्रतिघन्टाको गतिले हावा चल्नसक्ने अनुमान भारतीय मौसम विभागले गरेको छ ।

भारतीय मौसम विभागले मंगलबार राति लगभग २१ किलोमिटर प्रति घन्टाको रफ्तारमा हावा उत्तर पश्चिम तर्फ अघि बढिरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  २ : १२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा