‘एक’ हुन नसकेका नेपाली मजदूर, आफ्नै दिवसमा पनि दलगत आधारमा कार्यक्रम ! | Khabarhub Khabarhub

‘एक’ हुन नसकेका नेपाली मजदूर, आफ्नै दिवसमा पनि दलगत आधारमा कार्यक्रम !


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली श्रमिक र मजदूर संगठनबीच एउटा नारा ‘कमन’ जस्तै छ, ‘संसारका मजदूर एक हौंं’ । तर, मजदूरहरु भने राजनीतिक अस्थाका आधारमा विभाजित हुन्छन् ।

बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवससमेत राजनीतिक दलसम्बद्ध मजदूर संगठनले छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी मनाएका छन् ।

सत्तारुढ नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाली काँग्रेस सम्बद्ध नेपाल ट्रेड युनियन काँग्रेस र स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघले श्रमिक दिवसको अवसरमा बुधबार अलग अलग कार्यक्रमको आयोजना गरे ।

राजनीतिक आस्थाका आधारमा संगठित मजदूर संगठनहरुले बुधबार बिहान प्रभातफेरि पनि छुट्टा–छुट्टै निकालेका थिए । अखिल नेपाल ट्रेड युनियन महासंघले सुन्धाराबाट र्‍याली निकालेको थियो ।

र्‍यालीमा महासंघमा आवद्ध विभिन्न पेशागत मजदूरहरुको संगठनहरु आ आफ्ना व्यानरमा सहभागी भएका थिए । र्‍याली भृकुटीमण्डप पुगेर कोण सभामा परिणत भएको थियो ।

त्यसैगरी नेपाल ट्रेड युनियन कांग्रेसले भद्रकालीबाट र्‍याली निकालेको थियो । र्‍याली प्रदर्शनीमार्गस्थित बालमिकी क्याम्पस पुगेर सभामा परिणत भएको थियो । र्‍यालीमा नेपाल ट्रेड युनियन कांग्रेसमा आवद्ध विभिन्न पेशागत संगठनका मजदूरहरु सहभागी थिए ।

त्यसैगरी स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघले बिहान बबरमहलमा प्रभातफेरी गरेको थियो । बबरमहलबाट सुरु भएको र्‍याली नयाँवानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

तीन वटै मजदूर संगठनको र्‍यालीमा सहभागीहरुले मजदूरहरुमाथिको श्रम शोषण रोकिनुपर्ने माग गरेका थिए । उनीहरुले मर्यादित जीवन र सुरक्षित भविष्यका लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७५, श्रम ऐनको कार्यान्वयन गर्न माग गरे ।

त्यसैगरी उद्योग, प्रतिष्ठान, व्यवसाय र श्रमिकको सूचिकरणलाई कडाईका साथ अघि बढाउन पनि उनीहरुले माग गरे । सरकारले मजदूरहरुको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेपनि पुर्णतया कार्यान्वयन हुन नसकेको तथा न्युनतम पारिश्रमिक पनि न्युन भएको भन्दै मजदूरहरुले विरोध गर्दै आएका छन् ।

८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको शिकागो शहरमा मजदूरहरुले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका ४ जना श्रमिकको सम्झनामा सन् १८८९ को मे १ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ३ : ०८ बजे

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन