भ्याली च्यासल चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा « Khabarhub

भ्याली च्यासल चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘ए’ डिभिजन क्लब च्यासल युथ क्लब दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा च्यासलले वीरगन्ज युनाइटेडलाई २–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । च्यासलको जितमा दुवै गोल मिलन राईले गरे ।

‘ए’ डिभिजन क्लब च्यासलले वीरगन्जाथि सुरुवात देखि नै आक्रमण बुनेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।  ४५औं मिनेटमा मिलन राईले गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाए । विदेशी खेलाडी जुनियरको पासमा अनमार्क रहेका मिलनले सहजै गोल गरेका थिए । ७४औं मिनेटमा मिलनले गोल गर्दै टिमलाई २–० को जित दिलाए ।

त्यसअघि खेलरभर नै वीरगन्जलाई दवावमा राखेको च्यासलले खेलको १२औं मिनेटमा आक्रमण बुनेका थियो । छिरिङ गुरुङको क्रसमा अर्मान्डले बक्सभित्र पाएको अवसरलाई नियन्त्रणमा लिन नसक्दा अग्रता लिने सुन्दर मौका खेर फाल्यो । १४औं मिनेटमा कप्तान अमिर श्रेष्ठको प्रहार पोस्टबाट बाहिरियो । लगत्तै छिरिङको शक्तिशाली प्रहार पोस्टबाट थोरै बाहिरिदा च्यासल अग्रता लिनबाट चुक्यो ।

१६औं मिनेटमा अर्मान्डको अर्काे मौका खेर फाल्यो ।२३औं मिनेटमा नियाको प्रहारले पोस्टको गति लिन सकेन । ४०औं मिनेटमा कप्तान अमिर श्रेष्ठको क्रसमा अर्मान्डको बक्सभित्रको हेडरले पोस्टको दिशा लिन सकेन । ५३औं मिनेटमा अमिरको वान टच प्रहार पोस्टबाट थोरै बाहिरियो ।

५४औं मिनेटमा नियाको पासमा अर्मान्डले खाली पोस्टमा गोल गर्न सकेन । ५५औं मिनेटमा अमिरको पासमा अमिरको हेडर पोस्टबाट थोरै बाहिरियो । खेलभर नै दवाव झेलेको वीगन्जले पहिलो हाफमा एकमात्र मौका सिजर्न गरेको थियो । सविर चौधरीको कर्नरमा सन्जय चौधरीको हेडर पोस्टबाट थोरै बाहिरिदा खेलमा अग्रता लिने मौका गुमाएको थियो ।

त्यसबाहेक वीरगन्जले खेल भर कुनै उल्लेख्य मुभ बनाउन सकेन ।  दुई गोल गरेका च्यासलका मिलन राई खेलको म्यान अफ दि म्याच घोषित भए । उनले जनही ५ हजार रुपैया पाए ।

यससँगै दोस्रो संस्करणको चन्द्रागिरी गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । अब सेमिफाइनलमा जावलाखेल र सरस्वती युवा क्लब तथा नेपाल एपीएफ क्लब र भ्याली च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो सेमिफाइनल बिहीबार जावलाखेल युथ क्लब र सरस्वती युवा क्लबबीच खेल हुनेछ । खेल ३ बजेपछि नैकाप फुटबल मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वा्धिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ६ : ४७ बजे

युद्धविराम हुँदा पनि रोकिएन गाजामा नरसंहार, इजरायलले एकैदिन लियो २३ जनाको ज्यान

गाजा- इजरायलले गाजा पट्टीभरि गरेको आक्रमणमा बुधबार कम्तीमा २३ जना

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

जानकी – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा प्रेस चौतारी नेपालको जोड

काठमाडौं– प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवी

सङ्खुवासभाको मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु

किमाथांका– सङ्खुवासभाको मकालु गाउँपालिका-५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको

अमेरिकी टेकबाट टाढिँदै ईयू

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किनुअघिसम्म युरोपेली सङ्घ (ईयू) ले