गाउँ काकाकुल : सांसद विकास कोषको ४० लाख अतिथिगृह निर्माणमा | Khabarhub Khabarhub

गाउँ काकाकुल : सांसद विकास कोषको ४० लाख अतिथिगृह निर्माणमा


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सिन्धुलीको हरिहरपुरगढीमा पानीको हाहाकार छ। तीन घन्टा हिँडेर हात्तीसार खोल्सीबाट पानी ल्याएर जोहो गर्छन् स्थानीयवासी। खोल्सीसम्म धाउन नसक्नेहरू प्रतिगाग्री सय रुपैयाँमा पानी किनेर गुजारा चलाउँछन्। तर, काकाकुल हरिहरपुरगढीलाई प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र नं. २ का सांसद हरिबोल गजुरेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४० लाख बजेट त्यही गाउँमा अतिथिगृह निर्माणमा खन्याएको नयाँ पत्रिकामा खबर छ ।

खानेपानी आयोजना उनको प्राथमिकतामै परेन। त्यही अतिथिगृह निर्माणमा पनि प्रतिगाग्री सय रुपैयाँ दरले किनेको पानी प्रयोग भइरहेको छ। स्कुले विद्यार्थीले बिदाका दिन बोकेको पानी किनेर ठेकेदारले भवन बनाइरहेका छन्। निर्माण सामग्रीमा भन्दा पानीमा बढी खर्च गर्नुपरेको ठेकेदारकै गुनासो छ। अहिले १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थी खोल्सीबाट पानी बोकेर गाउँमा बिक्री गरिरहेका छन्।

सिन्धुली क्षेत्र नं. २ अन्तर्गत हरिहरपुरगढी गाउँपालिका–१ हरिहरपुरगढीमा दैनिक उपभोगका लागि पानीको चरम अभाव छ। तर, यो क्षेत्रका सांसद हरिबोल गजुरेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष)को ४० लाख बजेट हरिहरपुरगढीमै अतिथि भवन निर्माणमा खर्च गरेका छन्। पानीका लागि एकसुको छुट्याएका छैनन्।

हरिहरपुरगढीमा युवाको संख्या निकै कम छ। बुढापाका, महिला र स्कुले बालबालिका मात्रै गाउँमा छन्। त्यसैले स्कुले बालबालिका बिहानबेलुका र बिदाको दिन खोल्सीबाट पानी ओसार्न लाइन लाग्छन्। गाउँका असक्तहरू उनीहरूबाटै पानी किनेर गुजारा चलाउँछन्। १२ कक्षाको परीक्षा दिएर बसेका केही किशोरी अहिले दिनभर पानी बोक्न खटिने गरेका छन्। उनीहरूले गाउँको विकास निर्माणका काममा चाहिने पानी बोकेर बेच्ने गरेका छन्।

अतिथि भवन निर्माणमा पनि किनेकै पानी प्रयोग भइरहेको छ। स्थानीयसमेत रहेका ठेकेदार यमध्वज बलले प्रतिगाग्री सय रुपैयाँका दरले पानी किनेर निर्माणमा प्रयोग गरिरहेको बताए। ‘बिहान केहीबेर धारामा आउने पानी पिउन पनि पुग्दैन। अन्य कामका लागि त खोल्सीमा धाउनु वा किन्नुको विकल्प नै छैन। अतिथि भवन निर्माणमा पनि प्रतिगाग्री सय रुपैयाँका दरले किनेको पानी नै प्रयोग गरिरहेको छु,’ ठेकेदार बलले भने, ‘निर्माण सामग्रीमा भन्दा पानीमा बढी खर्च गर्नुपर्ने अवस्था छ।’

कस्तो होला नेपाल-भारत सम्बन्ध ? शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा बिहीबार एक परिचित, तर गैर–राजनीतिक अनुहार देखा परे। धेरै आश्चर्यचकित हुने गरी पूर्वविदेशसचिव डा. सुब्रमण्यम जयशंकरले १४औँ वरीयताको मन्त्रीको शपथ लिए। शुक्रबार जयशंकरलाई विदेशमन्त्री तोकिएपछि मोदी सरकारको छिमेक प्रथम नीति र विशेषगरी नेपाल–भारत सम्बन्धमा उनको व्यक्तित्वले पार्ने प्रभावबारे बहस सुरु भएको छ।

संविधान निर्माणको आखिरीमा १–२ असोज ०७२ मा मोदीका विशेष दूतका रूपमा नेपाल आउँदा जयशंकरले संविधान जारी गर्ने मिति दुई साता धकेलेर सर्वसम्मत कायम गर्ने मोदीको सन्देश सुनाएका थिए। मोदीको सन्देश भन्दै जयशंकरले प्रस्तुत गरेको भाषाशैली र संविधान जारी भएपछिको भारतीय प्रतिक्रियापछि उनको नकारात्मक छवि नेपालमा चित्रित भयो। भारतले नेपालमा लगाएको नाकाबन्दीको डिजाइनरका रूपमा समेत उनको चर्चा भयो।

सुर्ती सेवनबाट नेपालमा प्रत्येक वर्ष २५ हजारको मृत्यु शीर्षकको समाचारमा सुर्ती सेवनबाट नेपालमा बर्सेनि २५ हजार मानिसको मृत्यु हुने गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना शाखाका प्रमुख डा. विकास देवकोटाले सुर्ती सेवनको असर डरलाग्दो बनिरहेको बताए।

मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना गरेको विश्व सुर्तीजन्य पदार्थरहित दिवस एवं स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार वितरण कार्यक्रममा डा. देवकोटाले यसलाई नियन्त्रण गर्न सबै जिम्मेवार हुनुपर्ने बताए। डा. देवकोटाले प्रत्येक वर्ष २५ हजार नेपालीले सुर्ती सेवनकै कारण ज्यान गुमाउनुपरेको बताए।
त्यस क्रममा उनले सुर्ती सेवनका कारण विश्वमा प्रत्येक पाँच सेकेन्डमा एकजनाको मृत्यु हुने गरेको जानकारी दिए। सुर्ती सेवनबाट प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको पनि उनले बताए।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ६ : ५६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन