प्रचण्डलाई ओलीको व्यंग्यात्मक जवाफ-सरकार ४-५ दिनमै ढल्छ « Khabarhub

प्रचण्डलाई ओलीको व्यंग्यात्मक जवाफ-सरकार ४-५ दिनमै ढल्छ


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई व्य‌ग्यात्मक जवाफ दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री ओलीले काठमाडौँ फर्कनु अघि दिल्लीमा कुराकानी आफ्नो कार्यकाल चार-पाँच दिन मात्रै बाँकी रहेको बताएको खबर अन्नपूर्ण पोस्टले छापेको छ ।

पत्रिकाले लिएको अन्तर्वार्ताका क्रममा ओलीलाई सोधिएको दिल्ली यात्रामा हुँदा पार्टी एकताको पाँच बुँदे सहमतिपत्र सार्वजनिक भएको छ नि? भन्ने प्रश्नको जवाफ दिँदै ओलिले भने, ‘त्यो पत्र कहिले गोप्य थियो र? पत्र उहिले नै सार्वजनिक भएको हो। यो विषयलाई अहिले उछालेका छन्। के भनौ र ? अनावश्यक विषय उछाल्ने नेपाली चरित्र नै हो।’

त्यही सम्झौताको विषय जोडिएको प्रश्न तपाईंको कार्यकाल आगामी एक वर्ष मात्र देखिन्छ नि? भनेर सोध्दा उनले हाँस्दै भने, ‘ एक वर्ष हैन। चार-पाँच दिन मात्रै बाँकी छ। अब म के भनौं ?’

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ७ : १६ बजे

सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहा– पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

न्यूयोर्क– संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले दक्षिण

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीमा

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ