अमेरिकामा भएको गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो « Khabarhub

अमेरिकामा भएको गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भर्जिनिया–अमेरिकाको भर्जिनिया राज्यमा गोली चल्दा कम्तीमा १२ जनाको ज्यान गएको छ ।

भर्जिनिया राज्यस्थित भर्जिनियाबिच शहरको तटीय क्षेत्रमा रहेको म्युनिसिपाल केन्द्रमा काम गर्ने रिसाहा कर्मचारीले आफ्ना सहकर्मीलाई लक्षित गरी जथाभावी गोली चलाएको अधिकारीले जनाएका छन् ।

गोलीकाण्डमा एक प्रहरीसहित ४ जना घाइते भएका छन् । घटनामा गोली चलाउने बन्दुकधारीको पनि मृत्यु भएको जनाइएको छ । प्रहरीले बन्दुकधारीको पहिचान भने खुलाएको छैन ।

त्यस्तै, गोली चलाउनुको कारणबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ । घटनाबारे अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराइसकिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा नियमित रुपमा यस्ता घटना हुने गरेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार पछिल्लो घटना यो वर्षभित्र अमेरिकामा भएको १ सय ५० औं गोलीकाण्ड हो ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  १२ : ३० बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल