प्रचण्डलाई ओलीको जवाफ– आलोपालोको विषयलाई अहिले बेलुन बनाएर फुक्नु पर्दैन ! (अन्तर्वार्ता) | Khabarhub Khabarhub

प्रचण्डलाई ओलीको जवाफ– आलोपालोको विषयलाई अहिले बेलुन बनाएर फुक्नु पर्दैन ! (अन्तर्वार्ता)


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन यता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टी एकता गर्दा गरिएको सहमतिको एउटा बुँदाले ठूलो हलचल ल्याएको छ ।

पार्टी एकता भएको एक वर्षभन्दा धेरै समय वितिसकेपछि एकाएक एकता गर्दा गरिएको तर सार्वजनिक नगरिएको भनिएको सत्ता सञ्चालन आलोपालो गर्ने विषयले नेकपाका धेरै नेताको ‘माथिंगल’ खलबलिएको छ ।

तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको उक्त सहमति बारे यसअघि पनि चर्चा हुने गरेको थियो । तर शीर्ष नेतृत्व तहबाट यसबारेमा टिप्पणी आएको थिएन ।

केही दिन अघि नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गर्दा दुई अध्यक्षबीच सरकार सञ्चालन आलोपालो गर्ने सहमति भएको एक अन्तर्वार्तामा सार्वजनिक मात्र गरेनन् उनले सहमति पालानामा सबै इमान्दार हुनुपर्ने र यदी त्यसो नगरी घमण्ड गरिए त्यसको परिणाम ठिक नहुने चेतावनी समेत दिए ।

प्रचण्डको अन्तर्वार्ता यो लिंकमा पढ्नुहोस्महाधिवेशनमा मलाई अध्यक्ष बनाउँदैमा ओलीजी पाँच वर्ष प्रधानमन्त्री भन्ने हुँदैन– प्रचण्ड (अन्तर्वार्ता)

कतिपयले आलोपालो गर्ने सहमतिको समय हुँनै लाग्दा प्रचण्डले यो विषयलाई सार्वजनिक गर्नुलाई निकै महत्वपूर्ण र सत्ता परिवर्तनको संकेतका रुपमा लिएका छन् ।

प्रचण्डको अन्तर्वार्ता सार्वजनिक हुँदैगर्दा आलोपालो सत्ता सञ्चालन गर्ने सहमति गर्ने मध्येका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा थिए ।

अहिले आएर बेलुन बनाएर त्यसलाई फुक्नु पर्ने कुरा छैन । त्यो गत वर्ष भएको सहमति हो । सार्वजनिक भएको विषय हो । अहिले नयाँ विषय जस्तो उछालेर ठूलो समस्या आइपरो जस्तो गरेर जनतामा, कार्यकर्तामा आशंका सन्देश हुने गरि चर्चा गर्ने कुरा होइन

जसले नेपाली राजनीतिलाई तरंगित बनाएको थियो । पत्रकार ऋषि धमलाले लिएको उक्त अन्तर्वार्ताबारे बहस भइरहेको बेला नेकपाका अर्का अध्यक्ष केपी ओलीको पनि अन्तर्वार्ता धमलाले लिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहणमा सहभागी भएर शुक्रवार स्वदेश फर्कने क्रममा पत्रकार धमलाले विमानभित्रै प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएका छन् ।

अन्तर्वार्ताको शुरुवातमा नेपाल भारत सम्बन्धबारे कुराकानी गरेपछि धमलाले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीलाई प्रचण्डले भनेको आलोपालो सहमति बारे प्रश्न सोधेका थिए ।

ओलीलाई धमलाको प्रश्न थियो–

प्रचण्डले अन्तर्वार्ताका क्रममा दुई अध्यक्षबीच आलोपालोको सहमति भएको छ भन्नु भएको थियो, के हो ?

ओली– अहिलेको यो कुनै विषय होइन । जुन बेला म विदेशमा हुन्छु, त्यसबेला कुनै न कुनै यसखालका कुरा निस्किन्छन् । स्थीरता भनेको नीतिमा हो । स्थीरता भनेको बहुमतको सरकारमा हो । स्थीरता भनेको नेताहरुको बीचमा सहमति र सहकार्यमा हो । यसलाई उछालिरहनुपर्ने र हाम्रा बीचमा के कुरा भएको छ भन्ने, उछाल्नुपर्ने आवश्यकता छैन । यो कुनै नयाँ कुरा होइन ।

हामीले गत वर्ष एकता गर्यौं‍ । यो कुनै नयाँ कुरा होइन । अहिले आएर बेलुन बनाएर त्यसलाई फुक्नु पर्ने कुरा छैन । त्यो गत वर्ष भएको सहमति हो । सार्वजनिक भएको विषय हो । अहिले नयाँ विषय जस्तो उछालेर ठूलो समस्या आइपरो जस्तो गरेर जनतामा, कार्यकर्तामा आशंका सन्देश हुने गरि चर्चा गर्ने कुरा होइन ।

धमलापाँच वर्षको लागि तपाईंलाई जनताले म्यान्डेट दिएका हुन् । तपाईंले बीचमै छोड्ने सहमति गर्नुभएको हो र ?

ओली– अहिले यसमा म छलफल गर्न चाहन्न । सहमति के कस्तो भएको भन्ने सहमतिमै उल्लेख छ । त्यसको अभिप्राय के भन्ने त्यसमा नै उल्लेख छ ।

मैले एउटा सञ्चारमाध्यममा आज विहानमात्र भने, तपाईहरुलाई खुसी लाग्छ भने म अब चार पाँच दिन मात्र हो, त्यसपछि हटिहाल्छु भनेर भनिदिन्छु । त्यसो हुँदा खुसी लाग्छ भने त्यही भनुँ । देशको विकासप्रति चर्चा नहुने, विकास कसरी हुनसक्छ, स्थिरता कसरी हुन्छ, त्यसप्रति नहुने । मलाई आश्चर्य लाग्छ हरेक कुराको विरोध गर्नेपर्ने, नकारात्म खोज्नुपर्ने, नराम्रो उचाल्नुपर्ने, देशलाई माया गर्ने र देशमा केही राम्रो होस् त सोच्नै नहुने । मलाई अचम्म लाग्छ हाम्रो सञ्चार माध्यमको र वौद्धिक जगतको कुरा सुनेर । कतिपय मानिसको प्रवृति जुन देखिरहेको छु, त्यसमा केही टिप्पणी छैन । तर आश्चर्य मानिरहेको छु ।

धमला– सहमति सहकार्य र एकताका लागि कुरा गर्नु हुन्छ तर बेलाबेलामा तपाईं र प्रचण्डजीबीच चिसोपन किन आउँछ ?

ओली– कहाँ चिसोपन आएको छ ? हाम्रो बीचमा सहमति भएर नै एकता होला । पार्टी एकता हुँदा दुई पार्टीका बीचमा केही सहमति भएर नै एकता हुन्छ । त्यसपछि एकतावद्ध भएर अघि बढे्को छ । त्यसलाई खलबल्याउने गरि केही चर्चा गर्नुपर्ने आवश्यकता छैन । जे सहमति भएको छ त्यसअनुसार विषयहरु अघि बढ्छन् ।

धमला– साढे दुई वर्षपछि केपी ओलीले प्रचण्डलाई सत्ता छोड्ने भएको हो त ?

ओली– होइन दुई महिनामा ! यसो भन्दा नेपालीलाई खुसी हुन्छ भने दुई महिनामा । अझ धेरै खुसी हुन्छ भने दुई हप्तामा । जुन चर्चा मानिसले गर्न खोजिरहेका छन् नि यसले के फरक पर्छ राजनीतिमा ? म दुई वर्ष बसौं की तीन वर्ष बसौं । नेकपाको बहुमतको सरकार छ विषय यो हो । त्यो सरकार अस्थिर र समस्याग्रस्त छ भनेर जुन सन्देश दिन खोजेको छ त्यो गलत छ ।

धमला– अब सरकार कसरी अघि बढ्छ ?

ओली– सुशासन र विकासको पक्षमा अघि बढेका छौं । दृढता पूर्वक हामी अघि बढ्छौं ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ४ : ३२ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द