सुरक्षा र विकास विना देशमा समृद्धि सम्भव छैन : गृहमन्त्री « Khabarhub

सुरक्षा र विकास विना देशमा समृद्धि सम्भव छैन : गृहमन्त्री


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌– गृहमन्त्री रामबहादुर थापाले विकास, शुसासन र सुरक्षाविना मुलुक समृद्ध हुन नसक्ने बताएका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–९ स्थित सामुदायिक सेवा केन्द्रले शनिवार आयोजना गरेको स्वास्थ्य शिक्षा सचेतना कार्यक्रममा गृहमन्त्री थापाले जनता र राष्ट्रको सेवा गर्ने अठोटका साथ ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य लिएर सरकार अघि बढेको उल्लेख गरे ।

जनतालाई कसरी छिटोभन्दा छिटो समृद्धिको शिखरमा पुर्‍याउने भन्नेमा सरकार चिन्तित रहेको गृहमन्त्री थापाको भनाइ छ । गरीब र दुःखी जनतालाई सुखी बनाउन पनि देशलाई समृद्ध बनाउनुपर्ने बताउँदै उनले समृद्धिबाट मात्रै जनता सुखी हुने जिकिर ग‍रे ।

विकासविना समृद्धि सम्भव नभएको भन्दै उनले त्यसैले सरकारले छोटो अवधिमा विकास गर्ने सङ्कल्प गरेको बताए । वृद्धवृद्धालाई संरक्षण गर्ने दायित्व राज्यको भएकाले वृद्धभत्ता बढाएर सरकार अघि बढेको बताउँदै उनले दिदीबहिनीको संरक्षण कसरी गर्ने, राहत कसरी दिने भन्ने कुरा पनि योजनामा रहेको बताए ।

शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ८ : ०६ बजे

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई