आठ महीनामै १३ करोड राजश्व संकलन | Khabarhub Khabarhub

आठ महीनामै १३ करोड राजश्व संकलन


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–  दश महीनाअघि छोटी भन्सारबाट स्तरोन्नति भएको झापाको भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महीनामा रु १३ करोड २१ लाख २७ हजार राजश्व सङ्कलन गरेको छ ।

सरकारले गत साउन १ गतेदेखि छुट्टै भन्सार कार्यालयको मान्यता दिएपछि भद्रपुर भन्सार कार्यालयले असोज महीनादेखि मात्र सङ्कलित राजश्व आफैँ केन्द्रमा पठाउन थालेको हो । त्यसअघि मेची भन्सार कार्यालयमा राजश्व पठाउनुपथ्र्यो ।

भन्सार अधिकृत फणिन्द्र खतिवडाका अनुसार भद्रपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को असोज महीनामा रु दुई करोड ६६ लाख ५६ हजार १८१, कात्तिकमा रु दुई करोड ६६ लाख ५६ हजार, मङ्सिरमा रु एक करोड ७६ लाख ९९ हजार, पुसमा रु एक करोड ४२ लाख ६६ हजार, माघमा रु एक करोड २८ लाख पाँच हजार, फागुनमा रु एक करोड ३० लाख ४१ हजार, चैतमा रु एक करोड ५३ लाख ८६ हजार र वैशाखमा रु एक करोड ४८ लाख ७५ हजार राजश्व सङ्कलन गरी राजश्व विभागमा पठाएको छ ।

उहाँले मेची नदीमा पक्की पुल बने पनि भारतीय सरकारले पुलको पूर्वी मुख जोड्ने ४०० मिटर सडक नबनाउँदा सामानको आयात र निर्यात दुवै कार्यमा असर परेको छ । यसबाट राजश्व सङ्कलनमा समेत कमी आएको भन्सार अधिकृत खतिवडाले बताए ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ८ : ३८ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका