श्रीलंकामाथि न्युजिल्यान्डको शानदार जीत | Khabarhub Khabarhub

श्रीलंकामाथि न्युजिल्यान्डको शानदार जीत


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्ल्यान्ड र वेल्समा जारी आईसीसी एकदिवसीय विश्‍वकप क्रिकेट अन्तर्गत शनिबार भएको पहिलो खेलमा न्युजिल्याण्ड विजयी भएको छ ।

विश्वकपको आफ्नो पहिलो खेलमा १० विकेटको शानदार जित हात पार्दै न्युजिल्यान्डले विश्वकपमा शुखद सुरुआत गरेको हो ।

इंग्ल्याण्डको कार्डिफमा भएको खेलमा श्रीलंकाले न्युजिल्याण्डलाई दिएको १ सय ३७ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १६. १ विना विकेटको क्षतीमा १ सय ३७ रन बनाउँदै लक्ष्य पुरा गर्यो ।

न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र कोलिन मुन्रो नट आउट रहँदै अर्धशतकीय पारी खेले ।

५१ बलमा खेलेका मार्टिनले ८ चौका र २ छक्काको सहयोगमा ७३ रन बनाए । त्यस्तै, ४७ बलमा खेलेका कोलिनले ६ चौका र १ छक्काको सहयोगमा ५८ रन बनाए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको हो ।

श्रीलंकाका लागि कप्तान दिमुथ करुणारत्ने नट आउट अर्धशतकीय पारी खेले । ८४ बल खेलेका उनले ४ चौकाको सहयोगमा ५० रन बनाएका हुन् । त्यस्तै कुसल परेराले २९ रन जोड्दा फिसरा परेराले २७ रन जोडे ।

जीतसँगै न्युजिल्यान्डले अंक तालिकामा २ अंक बनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ९ : ३६ बजे

संसद् पुनःस्थापनाबारे कांग्रेसभित्र मतभेद

काठमाडौं– नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा मतभेद चर्किएको छ ।

मधेशको मुख्यमन्त्री नियुक्तिबारे विश्वप्रकाश भन्छन्– यो ‘अ–राजनीति’ले संघीयतालाई बदनाम गराउँछ

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहान ४

गण्डकी प्रदेशसभा बैठक आज बस्दै

कास्की– गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । जेन–जी आन्दोलनका क्रममा

सरोज यादव कसरी बने मधेशको मुख्यमन्त्री ? 

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहान

प्रदेश प्रमुख सुवेदीबाट मधेशका जनताप्रति धोका भयो : पूर्व मुख्यमन्त्री सोनल

काठमाडौं– मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले मधेश प्रदेश प्रमुख