रुकुममा जीप दुर्घटना, पाँच जना घाइते, ‍तीनको अवस्था गम्भीर | Khabarhub Khabarhub

रुकुममा जीप दुर्घटना, पाँच जना घाइते, ‍तीनको अवस्था गम्भीर


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज ४११५ नम्बरको जीप सिस्ने गाउँपालिका–६ को पाखागाउँमा गए राति १२ बजे दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने तीनको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा परेका पुथा उत्तरगङ्गा गाउँपालिका–५ हुकामका १८ वर्षीया कोपिला बुढा, सोही ठाउँकी १७ महीनाकी सुहाना मगर, आठबिसकोट नगरपालिका १० रुकुम (पश्चिम) का २३ वर्षीय सुरेन्द्र वलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए ।

त्यसैगरी दुर्घटनामा परी पुथा उत्तरगङ्गा गाउँपालिका १० की २६ वर्षीया ललिता बुढामगर र सोही ठाउँकी २० वर्षीया सुस्मिता बुढामगर पनि घाइते भएका छन् । गम्भीर घाइते भएकी सुहाना ललिताकी छोरी हुन् । घाइतेको अहिले जिल्ला अस्पताल सल्ले रुकुम (पश्चिम) मा उपचार भइरहेको छ ।

जीप सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी चालक आठबिसकोट नगरपालिका–११ रुकुम (पश्चिम) का २२ वर्षीय राजेन्द्र विक प्रहरी नियन्त्रणमा रहेको र प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले बताए ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ८ : १४ बजे

निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती

मस्को पुगे इरानी विदेशमन्त्री अरागची, पुटिनसँग निर्णायक र गम्भीर वार्ता हुने

मस्को- इरानी विदेशमन्त्री अब्बास अरागची रसिया पुगेका छन् । इजरायलले

किएभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु : युक्रेन

किएभ– युक्रनी शीर्ष सैन्य कमान्डरले रुसमाथि आक्रमण तीव्र पार्ने वाचा

सामान्य अंकले बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ

बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बजेट निर्माण प्रक्रियामा