भूकम्पबाट विस्थापित परिवारलाई लालपुर्जा प्रदान « Khabarhub

भूकम्पबाट विस्थापित परिवारलाई लालपुर्जा प्रदान


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– भूकम्पबाट विस्थापित भएका यहाँका दुई घर परिवारलाई आइतबार लालपुर्जा प्रदान गरिएको छ ।

वालिङ नगरपालिका–२ वडाको तिलडाँडाबाट विस्थापित बनेका मित्रलाल दमै र सुनमती दमैको परिवारलाई लालपुर्जा प्रदान गरिएको वडाध्यक्ष पोतप्रसाद लम्सालले बताए ।

जोखिमयुक्त बस्तीमा रहेका भूकम्पपीडित लाभग्राहीमा परेका र अन्यत्र बसोबासका लागि घर घडेरी नभएकाको घर परिवारलाई बढीमा रु दुई लाख दिन सक्ने प्रावधानअनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ स्याङ्जामार्फत आर्थिक सहयोग गरिएको स्याङ्जाका कार्यालय प्रमुख प्रवीण ढकालले बताए ।

“भूकम्पकै कारण साविक बसेको ठाउँमा जमीन धाँजा फाटेकाले दुई घर परिवार विस्थापित भएका हुन्”, कार्यालय प्रमुख ढकालले भने, “यस ठाउँमा जस्तै जिल्लाका अन्य ठाउँमा पनि भूकम्पबाट विस्थापित बनेका परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

” राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ स्याङ्जामार्फत प्राप्त भएको रु दुई/दुई लाख रकमबाट वडा कार्यालयको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरी जग्गा खरीद गरी लालपुर्जा वितरण गरिएको वडाध्यक्ष लम्सालले बताए ।

स्थानीय कृष्णप्रसाद काफ्ले र यज्ञप्रसाद काफ्लेको गैह्रा भन्ने स्थानमा रहेको आठ आना जग्गा खरीद गरी मित्रलाल दमै र मनकुमारी दमैको परिवारलाई प्रदान गरिएको हो भने सोही वडाको राक्सेस्थित प्रेमप्रसाद रेग्मीसँग नौ आना जग्गा खरीद गरी सुनमती दमैको परिवारलाई प्रदान गरिएको वडाध्यक्ष लम्सालले बताए ।

यसअघि गत चैतमा घरबारविहीन भई चौरमा बस्दै आएका दुई परिवारलाई लालपुर्जा प्रदान गरिएको थियो । वालिङ नगरपालिका–२ वडाको छतिउनडाँडाका बीना विक र रेशम विकको परिवारलाई भूकम्प प्राधिकरणको सहयोगमा लालपुर्जा प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १० : ०५ बजे

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५