ट्रकको ठक्करबाट भ्यानमा सवार तीन जनाको ज्यान गयो « Khabarhub

ट्रकको ठक्करबाट भ्यानमा सवार तीन जनाको ज्यान गयो


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको पडरियामा सोमबार ट्रकको ठक्करबाट म्याजिक भ्यानमा सवार तीन जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पडरियामा ट्रकले भ्यानलाई ठक्कर दिँदा भ्यानमा सवार तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते छन् । घाइते मध्ये तीन जनाको ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका अनुसार ना १ ख २४१५ नम्बरको ट्रकले ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट भ्यानमा सवार सिरहा गोलबजार नगरपालिका ८ का गणपति महरा, धनगढी नगरपालिका ९ की भुलुमाया लामा र बरियारपट्टी गाउँपालिका ३ शिवनगरकी बतैयादेवी मोचीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते उपचारका लागि विराटनगर लगिएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनाका अन्य घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ४ : ४७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना