ट्रकको ठक्करबाट भ्यानमा सवार तीन जनाको ज्यान गयो « Khabarhub

ट्रकको ठक्करबाट भ्यानमा सवार तीन जनाको ज्यान गयो


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको पडरियामा सोमबार ट्रकको ठक्करबाट म्याजिक भ्यानमा सवार तीन जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पडरियामा ट्रकले भ्यानलाई ठक्कर दिँदा भ्यानमा सवार तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते छन् । घाइते मध्ये तीन जनाको ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका अनुसार ना १ ख २४१५ नम्बरको ट्रकले ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट भ्यानमा सवार सिरहा गोलबजार नगरपालिका ८ का गणपति महरा, धनगढी नगरपालिका ९ की भुलुमाया लामा र बरियारपट्टी गाउँपालिका ३ शिवनगरकी बतैयादेवी मोचीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते उपचारका लागि विराटनगर लगिएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनाका अन्य घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ४ : ४७ बजे

सर्वोच्चले कांग्रेसको महाधिवेशन रोक्ने सम्भावना देख्दिनँ : उपसभापति शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको

ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु

पर्सा– पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक

बलात्कारीको बास कहाँ छ ?

केही दिनअघि तीन वर्षकी एउटी बालिका बलात्कृत भएको समाचार आयो।

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्