विवादमा नआउने गरी काम गर्न सरकारलाई नेकपा सांसदको सुझाव « Khabarhub

विवादमा नआउने गरी काम गर्न सरकारलाई नेकपा सांसदको सुझाव


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाका सांसदहरुले विवादमा नआउने गरी कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा नेकपाका सांसदहरुले सरोकारवाला निकायसँग पर्याप्त परामर्श गरेर विवादमा नआउने गरी विधेयकलगायतका क्षेत्रमा कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

सरकारको काम कारबाही राम्रो भएपनि कतिपय विधेयकहरु विवादमा तानिएकाले त्यसतर्फ ध्यान दिन सरकारलाई पार्टीका सांसदहरुले ध्यानाकर्षण गराएको पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए । बैठकमा सांसदहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालमाथि पार्टी एकताको काम छिटो टुंगो लगाएर सरकारको काम कार्वाहीलाई अझै सहज बनाउन पनि दवाव दिएका थिए ।

बैठकमा बोल्ने २९ जना सांसदहरुले सरकारको काम कार्वाही सन्तोषजनक रहे पनि त्यसलाई सिंगो पार्टी पंक्तिमा सञ्चार गराउन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि पनि जनाएका थिए । बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले असार महिना भित्र पार्टी एकताको बाँकी काम पूरा गर्ने र सरकारको काम कार्वाहीलाई अझै प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता जनाएको प्रमुख सचेतक गुरुङले बताए ।

प्रधानमन्त्री एवम् अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले पार्टीलाई अझै सशक्त बनाएर लैजाने दृढता पनि सांसदहरु समक्ष व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले बैठकमा पार्टीमा विभाजन आउँछ कि भन्ने आशंका नगर्न पनि आग्रह गरेको प्रमुख सचेतक गुरुङले बताए ।

नेकपाको संसदीय दलको बैठक आगामी असार २१ गते शनिबार दिउँसो एक बजे पुनः बोलाइएको छ । सोमबारको बैठकमा सबै सांसदहरुले बोल्ने क्रम नसकिएकाले अर्को बैठक पनि बोलाउने निर्णय गरिएको पार्टीका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

नेकपा संसदीय दलको बैठक विगतमा पार्टीका अध्यक्षद्धय ओली र दाहालले व्रिफिङ गरेपछि टुंगिने गरेको थियो । तर यस पटकको बैठक पार्टीका सांसदहरुको सुझाव लिने गरी आयोजना गरिएको पनि प्रमुख सचेतक गुरुङले बताए ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ७ : २३ बजे

काभा भलिबल : पाकिस्तानसँग नेपालको लज्जास्पद हार

काठमाडौं – काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो खेलमा

किसानले केराको उचित मूल्य पाए केरा : उत्पादक सङ्घ

चितवन – भारतबाट केरा आउन रोक लगाइएपछि यहाँका किसानले उचित

डिजिटल स्वास्थ्य विस्तारका लागि नीतिगत पहल गर्छौँ : मन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको