उत्तर कोरियाले बनायो खान मिल्ने कपडा ! « Khabarhub

उत्तर कोरियाले बनायो खान मिल्ने कपडा !


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारमा विचित्रका समाचार सार्वजनिक हुने गरेका छन् । हालै उत्तर कोरियाको एउटा समाचारले चर्चा पाएको छ ।

आणविक परीक्षणको समाचारले चर्चा बटुल्ने उत्तर कोरियामा हालै शरीरमा लगाउनेसँगै भोक लाग्दा खान मिल्ने किसिमको कपडा निर्माण गरेको समाचारले चर्चा पाएको छ ।

जहाजमा यात्रा गर्ने, पर्वतारोही लगायतका अतिरिक्त क्रियाकलापमा रुचि भएकाहरुका लागि उत्तर कोरियाले नयाँ किसिमका विशेष कपडा सार्वजनिक गरेको हो । जसमध्ये कतिपय कपडा खानयोग्य रहेको बताइएको छ।

यसरी कठिन यात्रामा गएका बेला कोही पनि भोकै नमरुन् भन्ने उद्देश्यले यस्तो ज्याकेट उत्पादन गरिएको बताइएको छ । उत्तर कोरियास्थित खाद्य तथा दैनिक उपभोग्य वस्तुको मन्त्रालयसँगको सहकार्यमा किमको वस्त्र अनुसन्धान केन्द्रले यस्तो क्याटलग राखेको बताइएको छ ।

ती कपडामा प्रयोग भएका नक्कली फ्लानेलका फ्याब्रिकमा प्रोटिन, एमिनो एसिड, म्याग्नेसियम, फलको रस, आइरन, क्याल्सियम जस्ता खाद्य वस्तु मिलाइएको हुँदा यसले भोकमरीबाट बचाउन सक्ने बताइएको हो । यसरी सजिलै पानीमा घुल्न सक्ने भन्दै यी कपडाको प्रचार गरिएको छ ।

उत्तर कोरियाको अत्याधिक चिसो मौसमसँग लड्नकै लागि देशले बाक्लो ज्याकेटहरु बजारमा उपलब्ध गराइरहेको बताइएको छ । यसमा विभिन्न मोडलहरुले स्मार्टफोन र पुरुषका ब्यागहरु लिएर पोज गरेको प्रचार देख्न सकिने बताइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ६ : ३७ बजे

‘मधेशी समुदायका बालेन प्रधानमन्त्री बन्दा जनताले देखेका सपना पुरा हुन्छन्’

काठमाडौं– संघीय लोकतान्त्रिक मोर्चाले देशमा उत्पीडित जनताहरूले देखेका सपना पुरा

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

ब्रासिलिया– निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा

माइडियाले ल्यायो पाँच मोडलका इन्डक्शन हब 

काठमाडौं– होम एप्लायन्स ब्रान्ड माइडियाले आधुनिक प्रविधिमा आधारित इन्डक्शन हबलाई ग्यासको वैकल्पिक समाधानका

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन