ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना « Khabarhub

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ब्रासिलिया– निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारो अस्वस्थ भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको उहाँको पारिवारिक स्रोतले जानकारी गराएको छ। 

‘बुवा फेरि अस्पताल जाँदै हुनुहुन्छ । प्रारम्भिक रिपोर्ट अनुसार उहाँलाई निमोनियाका कारण लगातार वान्ता आउने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ,’ सिनेटर तथा राष्ट्रपति पदका आकाङ्क्षी फ्लाभियो बोल्सोनारोले एक्समा लेखेका छन् । 

पूर्व राष्ट्रपति बोल्सोनारोलाई सन् २०२२ को चुनावमा पराजित भएपछि असफल ‘कू’ प्रयास गर्न आफ्ना समर्थकलाई उक्साएको अभियोगमा २७ वर्षको जेल सजाय सुनाइएको थियो । सन् २०१८ मा एक चुनावी अभियानका क्रममा पेटमा छुरा प्रहार भएपछि उनी बारम्बार स्वास्थ्य समस्याबाट पीडित भएका थिए । 

ब्राजिलको अर्को राष्ट्रपति चुनाव अक्टोबरमा हुँदैछ र जेलमा रहे पनि बोल्सोनारो देशको राजनीतिक मञ्चमा प्रमुख व्यक्तित्व बनेका छन्। 

पूर्व राष्ट्रपति बोल्सोनारोले आफ्ना जेठा छोरा फ्लाभियो बोल्सोनारोलाई वर्तमान वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई चुनौती दिन दक्षिणपन्थी उम्मेदवारको रूपमा घोषणा गरेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी बोल्सोनारोका वकिलहरूले ब्राजिलका लागि अमेरिकी विदेश मन्त्रालयका नयाँ सल्लाहकार ड्यारेन बिटीलाई मार्च १८ मा जेलमा बोल्सोनारोसँग भेट्न अनुमति दिन सर्वोच्च अदालतसँग माग गरेका थिए । 

यसअघि, सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्डर डि मोराइसले भेटको प्रबन्ध गर्न आदेश गरे पनि ब्राजिल सरकारले भेट नगर्न आग्रह गरेपछि उनले बिहीबार आफूले दिएको अनुमति रद्द गरेका थिए । रासस
 

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ६ : ४५ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक