ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना « Khabarhub

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ब्रासिलिया– निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारो अस्वस्थ भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको उहाँको पारिवारिक स्रोतले जानकारी गराएको छ। 

‘बुवा फेरि अस्पताल जाँदै हुनुहुन्छ । प्रारम्भिक रिपोर्ट अनुसार उहाँलाई निमोनियाका कारण लगातार वान्ता आउने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ,’ सिनेटर तथा राष्ट्रपति पदका आकाङ्क्षी फ्लाभियो बोल्सोनारोले एक्समा लेखेका छन् । 

पूर्व राष्ट्रपति बोल्सोनारोलाई सन् २०२२ को चुनावमा पराजित भएपछि असफल ‘कू’ प्रयास गर्न आफ्ना समर्थकलाई उक्साएको अभियोगमा २७ वर्षको जेल सजाय सुनाइएको थियो । सन् २०१८ मा एक चुनावी अभियानका क्रममा पेटमा छुरा प्रहार भएपछि उनी बारम्बार स्वास्थ्य समस्याबाट पीडित भएका थिए । 

ब्राजिलको अर्को राष्ट्रपति चुनाव अक्टोबरमा हुँदैछ र जेलमा रहे पनि बोल्सोनारो देशको राजनीतिक मञ्चमा प्रमुख व्यक्तित्व बनेका छन्। 

पूर्व राष्ट्रपति बोल्सोनारोले आफ्ना जेठा छोरा फ्लाभियो बोल्सोनारोलाई वर्तमान वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई चुनौती दिन दक्षिणपन्थी उम्मेदवारको रूपमा घोषणा गरेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी बोल्सोनारोका वकिलहरूले ब्राजिलका लागि अमेरिकी विदेश मन्त्रालयका नयाँ सल्लाहकार ड्यारेन बिटीलाई मार्च १८ मा जेलमा बोल्सोनारोसँग भेट्न अनुमति दिन सर्वोच्च अदालतसँग माग गरेका थिए । 

यसअघि, सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्डर डि मोराइसले भेटको प्रबन्ध गर्न आदेश गरे पनि ब्राजिल सरकारले भेट नगर्न आग्रह गरेपछि उनले बिहीबार आफूले दिएको अनुमति रद्द गरेका थिए । रासस
 

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ६ : ४५ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता