पत्याउनुहुन्छ? एक बालकको मुखमा ५२६ दाँत ? | Khabarhub Khabarhub

पत्याउनुहुन्छ? एक बालकको मुखमा ५२६ दाँत ?


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

घटना पनि कस्ता कस्ता । पत्याउने मात्र होइन सम्भव नै छैन भनेर दाबी गरिएका घटनापनि एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्। यस्तै भन्ने बित्तिक्कै जीब्रो नै टोकेर ‘ए होर !’ भन्ने खालको घटना छ भारत चेन्नईको । जहाँ एक सात वर्षका बालकको मुखबाट ५२६ दाँत निकालिएको छ ।

यो चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुले गरेको दाबी हो । उनीहरुका अनुसार मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना हो । उनीहरुले यस स्थितिलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएका छन् ।

भारतीय अनलान द हिन्दूले अस्वाभाविक विकास र मोबाइल टावरको रेडियसनका कारण यस्तो समस्या आउने लेखेको छ । दाँत दुखेर डेन्टल पुगेका
रविन्द्रन नाम गरेका ७ वर्षका बच्चाको दायाँ गाला सुनिएको र दुखेको थियो । डाक्टरले जाँच गर्दा दाँतको संख्या धेरै भएको पाइएको थियो।

सविता डेन्टल कलेजको सर्जन डा. पी सेन्थिलनाथनले एक्स रे र सिटी स्क्यान गरेर हेर्दा पूरा विकास नभएका धेरै दाँत देखिएका थिए । तिनीहरुको अपरेशन गरेर बाहिर निकालिएको हो। बच्चालाई बेहोस पारेर उसको तल्लो बंगाराको भाग निकालियो । जसको तौल २ सय ग्राम थियो । त्योभित्र ठूला, मध्यम र साना आकारका ५२६ वटा दाँत थिए ।

डाक्टर सेन्थिलनाथनले ‘हामीले स्वस्थ दाँतलाई रहन दियौं । अस्वाभाविक रुपमा रहेका दाँतहरुलाई सावधानीपूर्वक निकाल्यौं । सबै दाँतहरु निकाल्न पाँच घण्टा लामो अपरेसन गर्नु परेको थियो,’ भनेका छन् । अहिले बच्चाको अवस्था स्वस्थ छ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ९ : २७ बजे

बुधबार ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

जनकपुर– मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी प्रदेशको मुख्यमन्त्री पदमा

विशेष महाधिवेशन माग्दै कांग्रेसमा ५४ प्रतिशतको हस्ताक्षर, बुधबार कार्यवाहक सभापतिलाई बुझाइने

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर बुधबार

कम्बोडियामा ८० जना दक्षिण कोरियाली बेपत्ता

एजेन्सी – नक्कली रोजगारी तथा सम्भावित ठगी प्रकरणका सिकार बनेका

बाढीले झापाको ५१२ हेक्टर कृषिबालीमा क्षति

भद्रपुर– यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि