७२ वर्षपछि पाकिस्तानमा पुन: खोलियो हिन्दू मन्दिर, ११ सय हिन्दू धार्मिक स्थल अझै बन्द « Khabarhub

७२ वर्षपछि पाकिस्तानमा पुन: खोलियो हिन्दू मन्दिर, ११ सय हिन्दू धार्मिक स्थल अझै बन्द


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानमा एउटा प्राचीन हिन्दू धार्मिक स्थल लामो समयपछि खुलेको चर्चाले भारतीय सञ्चारमाध्यमहरुमा छाएको थियो । शवाला तेजा सिंह मन्दिर नामक उक्त धार्मिक स्थल पाकिस्तानको सियालकोटमा अवस्थित छ।

भारतमा प्रकाशित समाचारका अनुसार सोमवार पूजाका लागि सो मन्दिर ७२ वर्षपछि पुन: खोलिएको हो। तर पाकिस्तानी पत्रकारहरूका भनाइमा त्यो मन्दिर यसै वर्षको मे महिनामै खोलिएको बीबीसीले जनाएको छ ।

दिवङ्गत लेखक तथा इतिहासकार राशिद नियाजले लेखेको किताब ‘हिस्ट्री अफ सियालकोट’ का अनुसार उक्त मन्दिर एक हजार वर्ष पुरानो हो । सन् १९९२ मा भारतको अयोध्यास्थित बाबरी मस्जिद ढालिएपछि उक्त मन्दिरमा आक्रमण भएको थियो । त्यसबाट मन्दिरमा आंशिक क्षति पुगेको थियो ।

पाकिस्तानमा हिन्दूहरू सबैभन्दा ठूलो अल्पसङ्ख्यक समुदाय हो। आधिकारिक तथ्याङ्ककअनुसार त्यहाँ झन्डै ७५ लाख हिन्दू छन् । भारत-पाकिस्तान विभाजनपछि पहिलो पटक उक्त मन्दिर पुन: खुलेको हो ।

भारत-पाकिस्तानको विभाजनका क्रममा र बाबरी मस्जिद ढालिएपछि पाकिस्तानका मन्दिर र हिन्दूका धार्मिक स्थलहरूमा ठूलो क्षति पुर्‍याइएको बताइन्छ । त्यसैले शवाला तेजा सिंह मन्दिर ७२ वर्षपछि खोलिनुलाई निकै महत्त्वपूर्ण मानिएको छ।

बीबीसीले पाकिस्तानको जियो न्यूजका सियालकोटस्थित संवाददाता ओमार एजाज र पाकिस्तानी प्रधानमन्त्री इमरान खानको दल तहरीक-ए-इन्साफका सांसद डा. रमेशकुमार वाँकवानीसँग उक्त मन्दिर खोलिनुको अर्थ र त्यसमा विभिन्न पक्षबारे कुराकानी गरेको छ।

भारतीय सञ्चारमाध्यममा आएको समाचारभन्दा वास्तविकता फरक छ । उक्त मन्दिर मे महिनामा खुला गरिएको हो । त्यहाँ पूजा पनि भइरहेको छ । सियालकोटमा झन्डै १५० हिन्दू परिवार बस्छन् । उनीहरूको आग्रहमा मन्दिर खुला गरिएको हो।

यहाँका हिन्दू परिवारले मन्दिर खोल्न निवेदन दिएपछि तुरुन्तै खोलेर पूजापाठको व्यवस्था गरियो। मन्दिर खुलाउन जिल्ला प्रशासनका अधिकारीहरू आफैँ पुगेका थिए।

मन्दिर खोलेर सरसफाइ गराइयो। अब मन्दिर पुनर्निर्माणको निम्ति कोष पनि घोषणा गरिएको बताइएको छ ।

यो मन्दिर भारत-पाकिस्तान विभाजनका बेलादेखि बन्द थियो। पाकिस्तानी पत्रकारको रूपमा भनौँ भने हामी यहाँ हिन्दू समुदायको चाडपर्व र कार्यक्रमहरूको रिपोर्टिङ गर्छौं । मैले हिन्दूहरूलाई यथासम्भव सुरक्षा दिने प्रयास भएको पनि देखेको छु।

यो मन्दिर कुन देवी वा देवताको हो भन्ने मलाई वास्तविक जानकारी छैन। तर मलाई यो अवश्य थाहा छ कि मन्दिरमा मूर्तिहरू छन्। मन्दिरका भित्तामा पनि केही देवीदेवताका चित्र छन् ।

मन्दिर खुलेपछि हिन्दू समुदाय निकै प्रसन्न छ। मुस्लिमबाहुल्य क्षेत्रमा भए पनि आफ्नो एउटा निवेदनपछि मन्दिर खोलिएको हुनाले उनीहरू खुसी देखिन्छन् ।

पाकिस्तानमा कैयौँ मन्दिर र गुरुद्वारा अहिले पनि बन्द छन्। भारत-पाकिस्तान विभाजनपछि हिन्दू समुदायमा मानिस पाकिस्तान छाडेर भारत गएपछि मन्दिर र गुरुद्वाराको रेखदेख गर्ने कोही भएन।

त्यसपछि कैयौँ मन्दिरमा व्यावसायिक र व्यापारिक भवनहरू बने। ‘इभाक्युई ट्रस्ट प्रोपर्टी बोर्ड’ गठन हुँदा पाकिस्तानमा ११ सय ३० वटा मन्दिर र पाँच सय १७ वटा गुरुद्वारा थिए ।

ती सबैको जिम्मेदारी उक्त बोर्डलाई दिइयो। प्रधानमन्त्री इमरान खानको दलका एकजना सांसद डा. रमेशकुमार वाँकवानीले मन्दिर खुला गर्न दिएको सुझाव अहिलेसम्म कार्यान्वयन गरिएको छैन ।

अहिलेसम्म ती मन्दिरमध्ये ३० वटा मात्र खोलिएका छन्। बाँकी ११ सय मन्दिर अझै पनि बन्द छन्। त्यस्तै १७ वटा गुरुद्वारा खुला गरिए पनि पाँच सयवटा अझै बन्द छन्। एउटा निवेदनको भरमा एउटा मन्दिर ७२ वर्षपछि खोलिएको छ। त्यो राम्रो कुरा हो, तर अझै धेरै काम बाँकी छ।

पण्डित जवाहरलाल नेहरू र लियाकत अली खानबीचको सम्झौताअनुसार बोर्डको अध्यक्ष हिन्दू हुनुपर्छ भनेर मैले सधैँ प्रयास गर्दै आएको छु ।

भारतमा मस्जिद र इस्लामिक संस्थाहरूको अध्यक्ष मुसलमान हुन्छन् । तर दु:खको कुरा अहिलेसम्म पाकिस्तानमा कुनै हिन्दू बोर्डको अध्यक्ष बनेको छैन ।

हिन्दू बोर्डको अध्यक्ष बनेपछ सबै मन्दिर र गुरुद्वारा खुल्न सक्छन् भन्ने मलाई लाग्छ। बोर्डको अध्यक्ष हिन्दू नबने मन्दिर खुल्न निकै ढिलो हुन सक्छ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ११ : १९ बजे

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा

बागमतीका मुख्यमन्त्री किरण थापा मगरले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट