मौसमअनुसार गर्नुपर्छ मेकअप « Khabarhub

मौसमअनुसार गर्नुपर्छ मेकअप


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विशेषगरि युवती र महिलाले श्रृंगारमा विशेष ध्यान दिने गरेका हुन्छन् ।

तर कतिपयले भने जाडो मौसम र गर्मी मौसममा एकै खालका श्रृंगारका सामाग्रीको प्रयोग गर्ने गरका छन् । जसका कारण यो कहिलेकाही त्यति राम्रो देखिदैन । वा छालामा यसको प्रभावकारिता त्यति देखिँदैन ।

जाडोमा छाला सुख्खा हुन्छ भने गर्मी मौसममा छाला चिल्लो हुन जान्छ । यस्तो बेलामा एउटै खालको मेकअप किट र सामाग्री प्रयोग गर्दा उपयुक्तप हुँदैन । त्यसैले मौसम अनुसारको सामाग्री प्रयोग गर्न आवश्यक हुन्छ ।

जाडोमा मोइस्चराइजरको प्रयोग बढी गर्नुपर्ने हुन्छ । गर्मीमा छाला चिल्लो हुने हुनाले मोइस्चराइजरको बढी प्रयोग गर्न उपयुक्त हुँदैन ।

लिपिस्टिक

लिपिस्टिक सबै कलरमा उपलब्ध हुन्छ । स्किनअनुसार यसको प्रयोग गर्नुपर्छ । लिपिस्टिक सीधै ओठमा लगाउनु हुँदैन । गलत लिपिस्टिकले ओठलाई कालो बनाइदिन सक्छ । लिपबाम प्रयोग गरेपछि लिपिस्टिक लगाउनु उपयुक्त हुन्छ ।

प्राइमर

मेकअप गर्नुभन्दा पहिले प्राइमर प्रयोग गर्न सकिन्छ । दिनहुँ मेकअप गर्ने बानी भए अनिवार्य रूपमा प्राइमर लगाउनुपर्छ ।

गाजल

गाजल मेकअपमा अनिवार्य रूपमा प्रयोग गरिन्छ । मार्कर लाइनर गाजल सजिलै प्रयोग गर्न सकिन्छ । वाटरप्रुफ गाजल प्रयोग गर्दा गाजल लामो समय टिक्छ ।

मस्कारा

मस्कारा मेकअपमा बढी प्रयोग हुने प्रोडक्टमध्ये एक हो । भोलुमवाला मस्कारा प्रयोग गर्नु उपयुक्त हुन्छ । यस्तो मस्कारा माथिदेखि तलसम्म र पुनस् तलदेखि माथितिर लगाउनुपर्छ । यसले परेलालाई नेचुरल देखाउँछ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १२ : १६ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा