आज नेपाली क्रिकेटको लागि एतिहासिक दिन, सन्दीपले लेखे–हामी त्यो खुसी फेरि फर्काउँछौं « Khabarhub

आज नेपाली क्रिकेटको लागि एतिहासिक दिन, सन्दीपले लेखे–हामी त्यो खुसी फेरि फर्काउँछौं


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –गत वर्ष एकअदिवसीय अन्तर्राष्ट्रिय मान्यता (ओडिआई) पाएपछि नेपाली क्रिकेट टोलीले अगस्ट १ अर्थात आजको दिन ओडिआईमा डेब्यु गरेको थियो ।

नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय शुरु गरेको नेपालले पहिलो खेलमा नेदरल्यान्डसँग ५५ रनको फराकिलो हार व्यहोरेको थियो ।

तर, दोस्रो खेलमा नेपाली टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र सोमपाल कामीको उत्कृष्ट प्रदर्शनमा नेपालले १ रनको रोमाञ्चक जित हात पारेको थियो । नेपालले खेलेको २ खेलको पहिलो एकदिवसीय शृङ्खलामा १–१ बराबरी गर्दै नेदल्यान्ड्सबाट स्वदेश फर्किएको थियो ।

त्यसयता नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग एकदिवसीय शृङ्खला खेलेको थियो । उक्त शृङ्खला नेपालले २–१ ले जीतेको थियो ।

नेपाली टोलीका खेलाडी र प्रशंसकले आजको दिनलाई सम्झिएका छन् । आजको दिनलाई सम्झदै स्टार खेलाडी सन्दीप लामिछानेले सिंगापुरमा नेपाली टोलीले देखाएको प्रदर्शन क्षमताभन्दा कमजोर भएको स्वीकारेका छन् । उनले आगामी दिनमा अझै बलियो भएर नेपाली क्रिकेट माथि आउने विश्वास व्यक्त गरेका छन् ।

ग्लोबल टि–२० लिगका लागि क्यानडामा रहेका सन्दीपले बिहीबार ट्वीट गर्दै ओडिआईको पहिलो खेलको स्मरण गरेका हुन् । ‘हामी नतिजा हात पार्न असफल रह्यौं । हामी सबै खेलाडीले आफ्नो क्षमता अनुसार खेल्न नसकेकोमा जिम्मा लिन चाहान्छौं । त्यो नराम्रो सपना थियो,’ सन्दीपले ट्वीटरमा लेखेका छन्,‘हामी बलियो भएर फर्किने छौं । यो खुसीलाई फर्काउने गरि । आशा र विश्वास छ ।’

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १२ : ३८ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्