खबरहबकर्मी थानेश्वर गुरागाईंले राखे आइफिल टावर अगाडि चार विश्व कीर्तिमान « Khabarhub

खबरहबकर्मी थानेश्वर गुरागाईंले राखे आइफिल टावर अगाडि चार विश्व कीर्तिमान


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खबरहबकर्मी थानेश्वर गुरागाईंले फ्रान्सको राजधानी पेरिसस्थित आइफिल टावर अगाडि चार वटा विश्व कीर्तिमान बनाएका छन् ।

यसअघि उनको नाममा रहेको तीन वटा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सलाई आफैले तोडेका हुन् भने थप अर्को नयाँ कीर्तिमान पनि बनाएका हुन् ।

कुहिनामा बास्केटल घुमाएर कीर्तिमान राख्दै थानेश्वर, १३ दशमलब ९४ सकेण्ड कुहिनामा बास्केटबल घुमाएर कीर्तिमान ।

उनले लामो समयसम्म कुहिनामा बास्केटबल घुमाएर आफ्नै कीर्तिमान तोडेका छन् । यसअघि ११ सेकेण्डसम्म कुहिनामा बास्केटल घुमाएकोमा यसपटक १३ दशमलब ९४ सकेण्डसम्म घुमाउँदै आफ्नै कीर्तिमान तोडेका हुन् ।

यस्तै, उनले एक मिनेटमा १५ पटक २८ सेन्टिमिटर परिधी भएको धातुको रिङ टाउकोबाट छिराएर खुट्टाबाट निकालेर कीर्तिमान राखेका छन् । अघिल्लो कीर्तिमानमा उनले १० पटक गरेका थिए ।

यसैगरी, लामो समयसम्म टाउकोमा बास्केटबल घुमाएर आफ्नै अघिल्लो कीर्तिमान तोडेका छन् । यसपटक २६ सेकेण्डसम्म टाउकोमा बास्केटबल घुमाएका उनले यसअगाडि भने २३ सकेण्डसम्म घुमाएका थिए ।

लामो समयसम्म टाउकोमा बास्केटबल घुमाएर आफ्नै कीर्तिमान तोड्दै थानेश्वर

यसपटक उनले अर्को एउटा नयाँ कीर्तिमान पनि बनाएका छन् । चिउँडोमा  सबैभन्दा लामो समय ४ दशमलब १८ मिनेटसम्म कुर्सी अड्याएर नयाँ कीर्तिमान राखेका हुन् ।

उनले यी चार कीर्तिमान राखेमा गिनिज बुकमा उनको कीर्तिमान संख्या २३ पुगेको छ । गुरागाईंले राखेका थप चार नयाँ कीर्तिमानलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले आधिकारिक मान्यता प्रदान गर्न भने बाँकी छ ।

विश्व कीर्तिमानका लागि फ्रान्स जानु अगाडि गत साउन २ गते पेभेलियन हल दरबारमार्गमा एक कार्यक्रमकाबीच उनलाई बिदाइ गर्दै सफलताको शुभकामना दिइएको थियो ।

धातुको रिङ टाउकोबाट छिराएर खुट्टाबाट निकालेर कीर्तिमान राख्दै थानेश्वर

उक्त कार्यक्रममा नेपालका लागि फ्रेन्च राजदूत फ्रास्वाँ जेभियर लेजर, फ्रेन्च दूतावासका उपप्रमुख (डीसीएम) अर्नौड च्याम्पीले गुरागाईं र पेभेलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले सफलताको शुभकामना दिएका थिए ।

नेपाल र फ्रान्सबीच द्विपक्षीय सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा गुरागाईंले कीर्तिमान राखेका हुन् । गुरागाईं खबरहब डटकमका विशेष सम्वाददाता हुन् ।

थानेश्वर र उनको समूहमा सहभागीहरु आइफिल टावर अगाडि फोटो खिचाउँदै

यो पनि पढ्नुहोस्

आइफिल टावर अगाडि थप चार विश्व कीर्तिमान बनाउँदै खबरहबकर्मी थानेश्वर गुरागाईं

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  २ : २४ बजे

‘गृहमन्त्रीज्यू, दक्षिणा होइन, न्याय दिनुहोस्’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय हरेक चेलीको माइतीघर भएको

सरकारी सूचना निर्णयविरुद्ध पत्रकार महासंघको र्‍याली

काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने

बैंकिङ कसुर मुद्दामा पनि दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

काठमाडौं– व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत

थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब

काठमाडौं- विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका