रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा विपद्का लागि विदेशी दातृ निकाय तथा विभिन्न देशले पठाएका राहत सामग्री अलपत्र अवस्थामा रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विमानस्थलमा लत्ताकपडालगायत ठूलो परिमाणमा राहत सामग्री थन्किएको उल्लेख गर्दै सम्बन्धित क्षेत्रबाट माग नआएको भन्दै ती सामग्री वितरण नभएको जानकारी पाएको बताए ।
विभिन्न संस्थाले पठाएका सामग्री लिन जाँदा भन्सार लाग्ने जानकारी पाएपछि उनीहरू फर्किने गरेको समेत कर्मचारीबाट सुनेको उनको भनाइ छ ।

सांसद न्यौपानेले विगतमा कोरोनाका बेला विदेशीबाट प्राप्त २० कन्टेनर सामग्रीसमेत प्रयोग नभई खेर गएको उदाहरण दिँदै अहिले आएका राहत सामग्री पनि त्यसैगरी खेर जान नदिन सरकारको ध्यानाकर्षण गराए ।
उनले रसुवा विपद्पीडित क्षेत्रमा सामग्रीको आवश्यकता भए तत्काल पठाउन र माग नभए अन्य विपद्का लागि प्रयोग हुने गरी व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे ।
मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग
दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग
जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण
कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही
बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग
सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’
देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्
नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी पन्ध्रौँ महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्।
बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र एकता भइसकेकाले छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता नरहेको बताएका हुन्।
उनले पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढ्न आफूले आवश्यक त्याग र लचकता अपनाउन तयार रहेको पनि बताए।

‘मेरो सर्वोच्च नेता शेरबहादुर दाइलाई आग्रह गर्दछु, छुट्टै बसेर महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन। मेरो तर्फबाट अरू के त्याग गर्नुपर्छ, म तयार छु। म पार्टीको नेता भएपछि अरू थप विषयमा समेटेर लिएर जाने कुरामा केमा लचकता लिएर जानुपर्ने हो, म तयार छु,’ थापाले भने।
थापाले महाधिवेशनमा तल्लो तहका कार्यकर्ताले सहभागिता नजनाउने भन्ने भ्रममा नपर्न पनि आग्रह गरे। ‘३ गतेको अधिवेशनमा तल वडामा रहेका साथीहरू भाग नलिऊँ भन्ने धेरै ठाउँमा सुनेको छु। यो अलमलमा नरहनु होला,’ उनले भने।
सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’
चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता
दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर
देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो
गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहान ७:३५ बजेको उडानमार्फत नयाँदिल्लीतर्फ लागेका हुन्।
विपद्पछिको पुनर्निर्माणका साथै दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विविध आयाममा सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री वाग्लेले बिहीबार साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागी हुने उनको कार्यक्रम छ। सोही दिन साँझ ५ बजे भारतीय विदेशमन्त्री डा। एस जयशङ्करसँग भेटवार्ता गर्नुका साथै साँझ भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाटमा उनी सहभागी हुनेछन्।
त्यस्तै, शनिबार बिहान भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने औद्योगिक घरानासँगको सम्मेलनमा प्रमुख वक्ता र ११स्३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सको प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यतालिका छ। अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे स्वदेश फर्कनेछन्।
देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे
बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग
बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन
राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस
निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार
जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल
नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष
प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई
चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण
चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण गरिएको छ ।
चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचान भई परिवारजनलाई हस्तान्तरण गरिएको बताए।

सो विद्युत् केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा बुधबार अपराह्न उनीहरूको शव फेला परेको थियो । प्रबन्ध निर्देशक महर्जनका अनुसार केन्द्रभित्र फेला परेका शव नेपाली सेनाका हेलिकप्टरमार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको हो ।
गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो
ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा
हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित
इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख २५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । लाल सागरको तट हुँदै रणनीतिक समुद्री मार्गतर्फ हुथीहरू अघि बढेपछि सर्वसाधारणले घर छाडेर सुरक्षित स्थानतर्फ पलायन हुनुपरेको हो ।
चार महिनाकी गर्भवती इशराक अब्देल जलिल र उनका श्रीमान् मोहम्मद थाबेट पनि विस्थापित हुनेमध्येका हुन्। हुथी लडाकु नजिकिँदै गएपछि उनीहरूले पाँच किलोमिटर पैदल यात्रा गरेपछि पहाडी बाटो हुँदै करिब ६० किलोमिटर सवारी साधनमा यात्रा गरी दक्षिणपश्चिमी सहर ताइज पुगेका थिए ।

थाबेटका अनुसार पछिल्लो लडाइँ सन् २०१७ को द्वन्द्वभन्दा पनि भीषण थियो । ‘घर नजिकै गोलाबारी भइरहेको थियो र विस्फोटका छर्रा उडिरहेका थिए,’ उनले भने।
ताइज पुगेपछि चिकित्सकले गर्भमा रहेको बच्चा तल सरेको जानकारी दिएपछि अब्देल जलिल थप चिन्तित छन्। यसअघि पनि सोही अवधिमा उहाँको गर्भपतन भएको थियो । अहिले उनीहरू विस्तारित परिवारसँग एउटै घरमा बसिरहेका छन् र दिनमा दुई पटक मात्र खाना खान सक्ने अवस्थामा छन् ।
भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय
भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ
ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने
एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस
चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा
ब्राजिलका राष्ट्रपतिले ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने
ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा
जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ
अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा













प्रतिक्रिया