महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह « Khabarhub

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई १५औँ महाधिवेशनको घोषित कार्यतालिका केही समयका लागि स्थगित गरेर पार्टीभित्र एकता कायम गर्न पहल गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले थापाले पछिल्लो समय गरेको निर्णयकै आधारमा पूर्वसभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग तत्काल संवाद सुरु गर्न आग्रह गरेका हुन्।

उनले वैशाख २१ गते आफूहरूबीच भएको संवादपछि नै थापाले निर्णय लिएको भए जेठको पहिलो साताभित्रै कांग्रेस सानेपास्थित केन्द्रीय कार्यालयमा एकताबद्ध भएर उभिन सक्ने अवस्था बन्ने दाबी गरेका छन्।

‘गम्भीर रूपमा आत्मसमीक्षा गर्दै एकपटक पुनः घोत्लिनुस्,’ खड्काले थापालाई आग्रह गरेका छन्।

खड्काले थापासमक्ष दुईवटा सुझावसमेत दिएका छन्। पहिलो, असोज ३ गतेदेखि सुरु गर्ने घोषणा गरिएको १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि सार्नुपर्ने र दोस्रो, १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा तत्काल वार्ता तथा संवाद सुरु गर्नुपर्ने उनको सुझाव छ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि अझै समय रहेको दाबी गर्दै खड्काले कांग्रेसको सम्पूर्ण एकता सम्भव रहेको बताएका छन्।

उनले दुईवटा अलग–अलग महाधिवेशनको प्रक्रिया नरोकिए कांग्रेस विभाजन हुने जोखिम रहेको चेतावनीसमेत दिएका छन्।

‘अन्यथा दुई वटा अलग–अलग अधिवेशन रोकिएन भने कांग्रेस पार्टीको विभाजन कसैले रोक्न सक्ने छैन,’ उनले भनेका छन्।

खड्काले कांग्रेस विभाजन भए त्यसको केही महिनाभित्र नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका अन्य दलहरूमा समेत विभाजन हुनसक्ने दाबी गरेका छन्। त्यसपछि देश जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्वतर्फ जान सक्ने भन्दै उनले चिन्तासमेत व्यक्त गरेका छन्।

उनले पछिल्ला घटनाक्रम, देखिएका संकेत र विभिन्न गतिविधिले देशमा गम्भीर द्वन्द्वको अवस्था निम्तिन सक्ने आफ्नो आशंका रहेको बताएका छन्।

‘त्यसपछि हाम्रो देशको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता अनि स्वाभिमानको के होला ?’ उनले प्रश्न गरेका छन्।

खड्काले कानुन, अदालतको निर्णय वा पार्टी विधानका कारण थापालाई समस्या नपर्ने भन्दै ढुक्क भएर निर्णायक कदम चाल्न आग्रह गरेका छन्।

थापाले विगतका घटनाक्रम र आफूले प्राप्त गरेका सल्लाह तथा सुझावलाई गहिरो शिक्षाका रूपमा लिएर निर्मम समीक्षा गर्नुपर्ने उनको भनाइ छ।

‘तत्काल निर्णायक र साहसिक कदम चाल्नुस् अनि सम्पूर्ण एकताको सिंगो कांग्रेसको सभापति बन्नुस्,’ खड्काले भनेका छन्।

आफू कुनै महत्वाकांक्षाबाट मुक्त रहेको उल्लेख गर्दै खड्काले पार्टी एकताका लागि आवश्यक परे जस्तोसुकै त्याग गर्न र सहयोग गर्न तयार रहेको बताएका छन्।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ८ : ०३ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि