हतियार र बन्दोबस्तीका सामानसहित विप्लव समूहका ३ कार्यकर्ता पक्राउ « Khabarhub

हतियार र बन्दोबस्तीका सामानसहित विप्लव समूहका ३ कार्यकर्ता पक्राउ


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चन्द्रनिगाहपुर– रौतहट प्रहरीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा ३ कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको छ ।

विप्लव समूहले बुधबार आह्वान गरेको बन्दका क्रममा रौतहटको चन्द्रपुर नगरपालिका–३ को वडा कार्यालयमा आगजनी कार्यमा संलग्नलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा रौतहटकै चन्द्रपुर नगरपालिका–४ टेकान बस्ने ३० वर्षीय रेहान तामाङ भनिने राम बहादुर घिसिङ, सोही ठाउँ बस्ने ३५ वर्षीय मान बहादुर वाइवा र चन्द्रपुर नगरपालिका–४ गैंडाटार बस्ने ५५ वर्षी रेव प्रसाद मैनाली छन् ।

पक्राउ परेकामध्ये रामबहादुर घिसिङको साथबाट सेमी अटोमेटिक चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ५ थान, कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली ३ थान बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, ५५ वर्षी रेव प्रसाद मैनालीको साथबाट १ राउण्ड गोली, पाइप तथा विभिन्न बन्दोबस्तीका सामानहरु फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

पक्राउ परेका ३ जना विप्लव समूहका कार्यकर्ता भएको प्रहरीको भनाइ छ ।

उनीहरुले यसअघि चन्द्रपुर नगरपालिका–३ गैंडाटारमा रहेको एनसेल टावरमा आगजनी गरेको तथा ५ वैशाख २०७६ का दिन (नेपाल बन्द)को क्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत धन्सारको जंगलमा ५ वटा सवारीसाधनमा आगजनी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १ : ४९ बजे

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य सपथका लागि पार्टी कार्यालयमा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय

जङ्गली जनावरलाई श्रीमानले थापेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी– यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको

दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मूर्तिकलासम्बन्धी १५ दिने कार्यशाला सुरु

बयालपाटा प्रादेशिक अस्पताल अछाममा एकै दिन ६ वटा सफल शल्यक्रिया

अछाम– अछामस्थित बयालपाटा प्रादेशिक अस्पतालले एकै दिन ६ वटा सफल

किसानलाई राहत : साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब