छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर, सर्लाही, नवलपरासी पूर्व, चितवन र मकवानपुरका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका– ८ चरेलीमा बा १० च ४०२६ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सवार सिन्धुली घर भएका ३२ वर्षीय कान्छा राई छन् ।

दुर्घटनामा घाइते भएका चालक दोलखा मैलुङ्ग गाउँपालिका–१ घर भएका २० वर्षीय प्रदिप राउतलाई थप उपचारको लागि केएमसी अस्पताल सिनामंगल रिफर
गरिएको छ ।

भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका(३ गठ्ठाघमा ना ६ त ८६८ नम्बरको ट्याक्टरमा प्रदेश ३–०२–००३ प ५५२९ नम्बरको मोटरसाइकल बुधबार राति
ठोकिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रामेछाप सुनपाते गाउँपालिका–४ घर भएका २२ वर्षीय रोमन तामाङको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।  दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामेछाप घर भएका रोज बहादुर थिङको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सर्लाहीको कविलासी नगरपालिका–८ मा भारतीय नम्बर प्लेटको बीआर ०६ पीई २८२२ टयाम्पोको ठक्करबाट सोही ठाउँ बस्ने रञ्जित चौधरीको ३ वर्षीय छोरा रक्की चौधरीको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने टयाम्पो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पूर्व (नवलपुर)को कावासोती नगरपालिका–१६ सात घरेमा  ना ६ ख ३४०१ नम्बरको ट्रकसँग ना ३७ प २६०० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक कावासोती नगरपालिका–१५ गुडार बस्ने ५८ वर्षीय राम प्रसाद अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको ईच्छाकामना गाउँपालिका–६ जलबिरेमा ना ७ ख ३९३९ नम्बरको कन्टेनर बुधबार दिउँसो अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल त्रिशुली नदीमा खस्दा चालक पर्सा वीरगंज घर भएका ३६ वर्षीय कमलेश साहको कन्टेनरले च्याँपिएर मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका कन्टेनरका सहचालक पर्सा वीरगंज घर भएका २० वर्षीय अजय साहलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लगिएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका(३ बसामाडी लेवटस्थित सडकमा ना ६ ख १५०० नम्बरको ट्रकले ना ३८ प ५३३२ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका बस्ने ३० वर्षीय शौरभ सुवेदी र १८ वर्षीय अस्मित सुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनामध्ये शौरभ सुवेदीको चुरेहील हस्पिटल र अस्मित सुनारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  २ : १५ बजे

‘गृहमन्त्रीज्यू, दक्षिणा होइन, न्याय दिनुहोस्’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय हरेक चेलीको माइतीघर भएको

सरकारी सूचना निर्णयविरुद्ध पत्रकार महासंघको र्‍याली

काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने

बैंकिङ कसुर मुद्दामा पनि दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

काठमाडौं– व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत

थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब

काठमाडौं- विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका