बेरोजगारी अन्त्यको आधार प्रधानमन्त्री रोजगार कार्यक्रम हुने छ : मन्त्री विष्ट | Khabarhub Khabarhub

बेरोजगारी अन्त्यको आधार प्रधानमन्त्री रोजगार कार्यक्रम हुने छ : मन्त्री विष्ट


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं– श्रम, रोजगार सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले विगतका आर्थिक वर्षहरुमा भन्दा चालु आर्थिक वर्षमा धेरै रोजगारीका अवसर सिर्जना हुने बताएका छन् । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको प्रधानमन्त्री रोजगारी कार्यक्रमको समिक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम मन्त्री विष्टले बेरोजगारी अन्त्यको आधार प्रधानमन्त्री रोजगार कार्यक्रम हुने धारण राखे ।

‘सरकारले सबै स्थानीय तहमा रोजगारीको अवसर सिर्जना गर्न सझेदारी गरेको छ । प्रधानममन्त्री रोजगार कार्यक्रममार्फत युवालाई रोजगारी मात्र होइन, उद्यमी र व्यवसायी बनाउने लक्ष्य श्रम मन्त्रालयको छ । सोहीअनुसार काम भइरहेको छ ।’ मन्त्री विष्टले भने, ‘गत आर्थिक वर्ष हतारमा काम गर्दा केही समस्या आए होला तर, चालु आर्थिक वर्षमा व्यवस्थित ढंगले रोजगार कार्यक्रम सञ्चालन हुन्छ । गत आर्थिक वर्ष जस्तो हुँदैन ।’

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगारी समस्या मात्र होइन उनीहरुलाई देशभित्र रोजगारी दिनुपर्छ भन्ने भावानाको विकास पनि गर्ने श्रम मन्त्रालयका सचिव महेश दाहालले बताए । गत आर्थिक वर्षमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा १ लाख ७५ हजार ९ सय ९ जना युवालाई मौसमी रोजगारी दिएको छ । जसबाट मन्त्रालयले ६ हजार ८ सय ६४ विभिन्न आयोजनामा रोजगारीका अवसर सिर्जना गरेको जनाएको छ ।

यी आयोजनामा २२ लाख ६२ हजार २ सय ६९ जना युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिएको श्रम मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ छुट्याइएको यो कार्यक्रममा आगामी वर्ष दुई अर्ब थपेर ५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले एक दिनसम्मको काम खोजिदिन नसकेको अवस्थामा बेरोजगार व्यक्तिलाई जीवन निर्वाह भत्ता भनेर केही रकम दिनेछ । यो रकम एक सय दिनको न्यूनतम तलबको आधा हुनेछ । सरकारले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४ सय ५० तोकेको छ । यसकै आधारमा बेरोजगारी भत्ता दिने बताइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ३ : ०१ बजे

बागमतीमा नेवार र तामाङ भाषा सरकारी कामकाजमा

काठमाडौं– बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ

चितवनको इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध, पाहुनालाई दही-महीले स्वागत

चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले पेय पदार्थहरू ‘कोल्ड ड्रिंक्स’लाई निषेध गर्ने

कुवेत पुर्‍याई मानवबेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भन्दै कुवेत पुर्‍याई मानवबेचबिखन

अफगानिस्तानमा बाढीका कारण १४ जनाको मृत्यु

काठमाडौं– अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा– बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि