प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीको चुनौती, सरकारको कामकारबाहीमा प्रश्न उठाउँदै ज्ञापनपत्र « Khabarhub

प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीको चुनौती, सरकारको कामकारबाहीमा प्रश्न उठाउँदै ज्ञापनपत्र


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एमके माझी

राजविराज– सरकारको कामकारवाहीप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तरीका कार्यकर्ताले प्रश्न उठाएका छन्।

सत्तारुढ (नेकपा) सप्तरीका नेता, कार्यकर्ताले सरकारको कामकारवाहीमा प्रश्न उठाउँदै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन्।

पार्टीका जिल्ला अध्यक्ष अशोक कुमार मण्डलको नेतृत्वमा सचिव तथा प्रदेश सभा सदस्य गोविन्द न्योपाने र (नेकपा) प्रदेश नमबर-२ का सदस्य सुखराम यादवसहित नेता कार्यकर्ताले विहीबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

ज्ञापनपत्रमार्फत बर्षेनी जिल्लाबासी डुबानको समस्या झेल्दै आएपनि प्रकोप नियन्त्रणका लागी पूर्व तयारी र बाढीले बिनासपछि गरिने राहत वितरण कार्य प्रभावकारी हुन नसकेकोमा उनीहरुको असन्तुष्टि छ। ज्ञापनपत्रमार्फत उनीहरुले तत्काल बाढिपछिको पुनस्थापना तथा राहत वितरणलाई प्रभाकारी पार्न तथा स्थायी समाधानका लागि काम गर्न भनिएको छ।

बाढीका कारण यो वर्ष सप्तरीमा एक जनाको बगेर मृत्यु तथा एक जना अझै बेपत्ता हुनुका साथै चट्याङले तीन जनाको ज्यान गएको छ। उनीहरुले मृतक परिवारलाई आवश्यक क्षतिपूर्ती तथा जिल्लाका १८ वटै स्थानीय तहमा विपद व्यवस्थापन समिति गठन गरी सक्रीय बनाउन र राहत तथा उद्घार कार्यमा राजनीतिक दलहरुसँग समन्वय र सहकार्य गर्न-गराउन माग गरिएको छ।

यस्तै बाढीले भत्काएका विभिन्न स्थानका बाँध र संरचनाको पुनर्निर्माण, क्षतिग्रस्त सडक, नहर, बिजुली, खानेपानी लगायतका आवश्यक सेवाको अबिलम्ब मर्मत गरी अवरुद्ध सेवा संचालन गर्न ध्यानाकर्षण गराएको छ।

बाढीले कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमार्फत कृषकलाई राहत अनुदान र सहज ढंगले रासायनिक मल अबिलम्ब उपलब्ध गराउन पनि माग गरिएको छ।

चुरे क्षेत्रको अनियन्त्रित दोहन रोक्न नसक्दा बर्षौंदेखि त्यस क्षेत्र हुँदै बग्ने नदी र खोलाको बाढीले ठूलो जनधनको क्षति गर्ने गरेको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमार्फत चुरे क्षेत्र संरक्षणका लागी ठोस कदम चाल्न समेत माग गरिएको छ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ४ : २७ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको