उत्तर कोरियाली एक सैनिक भागेर दक्षिण कोरिया पुगे « Khabarhub

उत्तर कोरियाली एक सैनिक भागेर दक्षिण कोरिया पुगे


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– उत्तर कोरियाली एक सैनिक असैन्यकृत क्षेत्र पार गरी दक्षिण कोरिया पुगेका छन् ।

सीमा क्षेत्रमा राखिएको तापक्रम पहिचान गर्न सक्ने यन्त्रले उनी दक्षिण कोरिया पुगेको पत्ता लागेको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।

उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया आएका उत्तर कोरियाली सैनिकको परिचय भने सार्वजनिक गरिएको छैन । यद्यपि उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका उनी उत्तर कोरियाली सेनामा कार्यरत सैनिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि नै उनले दक्षिण कोरिया आउने इच्छा देखाएको बताइएको छ । दक्षिण कोरिया पुगेका उनलाई सैनिक हिरासतमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हरेक वर्ष उत्तर कोरियाबाट भागेर दर्जनौंको सङ्ख्यामा उत्तर कोरियाली सैनिक तथा सर्वसाधारण दक्षिण कोरिया आउने गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ४ : ४० बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल