चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ « Khabarhub

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई नियन्त्रणमा लिएको छ।

मंगलबार पौने पाँच बजेको समयमा सुनचाँदीको अवैध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक रूपा लाबुङको कमाण्डमा खटिएको टोलीले होटेलको कोठा नम्बर १०२ मा चेकजाँच गरेको थियो।

जाँचका क्रममा कोठाभित्र रहेका चारजना पुरुषलाई नियन्त्रणमा लिई खानतलासी गर्दा नक्कली सुनजस्तो देखिने धातु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार अरबिन्द चौधरीले लगाएको हाफ पाइन्टको खल्तीमा रहेको पर्सभित्र ‘प्याम्प’ लेखिएको निलो प्लास्टिकका तीनवटा प्याकमा सिलबन्दी अवस्थामा ‘क्रेडिट सुइस १० ग्राम शुद्ध सुन ९९९.९’ लेखिएको प्याकसहित पहेँलो रंगको नक्कली सुनजस्तो धातु ४ थान, पोली कालो बनाइएको १ थान र टुक्रा पारिएको अवस्थामा २ थान गरी जम्मा ७ थान बरामद गरिएको हो।

त्यसैगरी घटनास्थलबाट मोबाइल फोन ६ थान र ‘एन्टिक म्याग्निफाइङ बाइनोकुलर’ ‘इस्ट इन्डिया कम्पनी’ लेखिएको दूरबीनजस्तो देखिने मेसिन १ थान समेत बरामद जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले सर्वसाधारणलाई ठगी गर्ने उद्देश्यले नक्कली सुन बोकी राखेको खुलेको उनले बताए।

पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ घर भई हाल भारतको पश्चिम बंगाल दार्जीलिङ बस्ने अन्दाजी ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर नगरपालिका–१० का अन्दाजी ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई नगरपालिका–६ का अन्दाजी ३८ वर्षीय रूपकेश राय यादव र भारत पश्चिमबंगाल सिलिगुडी जयगाउँ बस्ने अन्दाजी ३० वर्षीय संजोक बस्नेत रहेका छन्।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १० : ४७ बजे

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको