उत्तर कोरियाली एक सैनिक भागेर दक्षिण कोरिया पुगे « Khabarhub

उत्तर कोरियाली एक सैनिक भागेर दक्षिण कोरिया पुगे


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– उत्तर कोरियाली एक सैनिक असैन्यकृत क्षेत्र पार गरी दक्षिण कोरिया पुगेका छन् ।

सीमा क्षेत्रमा राखिएको तापक्रम पहिचान गर्न सक्ने यन्त्रले उनी दक्षिण कोरिया पुगेको पत्ता लागेको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।

उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया आएका उत्तर कोरियाली सैनिकको परिचय भने सार्वजनिक गरिएको छैन । यद्यपि उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका उनी उत्तर कोरियाली सेनामा कार्यरत सैनिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि नै उनले दक्षिण कोरिया आउने इच्छा देखाएको बताइएको छ । दक्षिण कोरिया पुगेका उनलाई सैनिक हिरासतमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हरेक वर्ष उत्तर कोरियाबाट भागेर दर्जनौंको सङ्ख्यामा उत्तर कोरियाली सैनिक तथा सर्वसाधारण दक्षिण कोरिया आउने गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ४ : ४० बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौँ– नेपाली कांग्रेसका नेता धनराज गुरुङले १५औँ महाधिवेशनमा उपसभापति पदमा

कांग्रेस १५ औँ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः

हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको