‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’  « Khabarhub

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः सञ्चालनमा ल्याउने विषयमा चीनसँग नियमित छलफल भइरहेको बताएका छन्।

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको मंगलबार बसेको बैठकमा मन्त्री लम्सालले दुवै नाका सञ्चालनमा ल्याउन सरकार निरन्तर प्रयासरत रहेको जानकारी दिए।

उनका अनुसार तातोपानी नाकातर्फ नेपालमा कुनै समस्या छैन। नेपालतर्फको सडकसमेत सञ्चालनमा ल्याइसकिएको उनले बताए। तर, चिनियाँ पक्ष भने तत्काल नाका सञ्चालन गर्न तयार नदेखिएको उनको भनाइ छ।

‘अहिले पनि हामी तयार नै छौँ। हाम्रा लागि त्यो नाका सञ्चालन गर्न कुनै कठिनाइ छैन। चिनियाँ पक्षसँग पनि हामी नियमित संवादमा रहेका छौँ,’ मन्त्री लम्सालले भने।

रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले त्यसलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइरहेको पनि उनले जानकारी दिए।

ठूलो प्राकृतिक विपद्का कारण तत्कालै दुवै नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिनाइ भए पनि सरकारले सडक तथा अन्य आवश्यक पूर्वाधार निर्माण र पुनःस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको मन्त्री लम्सालले बताए।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : ३५ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको