दुबईका शासकको घरझगडा मुद्दाको आगामी नोभेम्बर ११ मा सुनुवाई हुने « Khabarhub

दुबईका शासकको घरझगडा मुद्दाको आगामी नोभेम्बर ११ मा सुनुवाई हुने


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– संयुक्त अरब इमिरेट्स (यूएई) अन्तर्गतको दुबई इमिरेटका शासक शेख मोहम्मद बिन रसिख अल मख्तूमकी श्रीमती हाया बिन्त अल हुसैनबीच बेलायतमा जारी मुद्दाको पूर्ण सुनुवाई आगामी नोभेम्बर ११ मा हुने भएको छ ।

राजकुमारी हाया दुबईबाट भागेर बेलायत पुगेपछि उनले शासक शेख मोहम्मद बिन रसिद अल सलमानविरुद्ध मुद्दा दायर गरेकी थिइन् । उनले आफ्नो विवाह बलपूर्वक भएको भन्दै त्यहाँ हुने सम्भावित दुव्र्यवहारबाट बचाउन माग गर्दै मुद्दा दायर गरेकी हुन् ।

उनले आफ्ना सन्तानको अभिभावकत्व ग्रहण गर्नुपर्ने समेत माग गरेकी छिन् । यसअघि शासक शेख मोहम्मदले यूएईबाट राजकुमारी हायाले बेलायत लगेका आफ्ना दुई सन्तान यूएई फिर्ता गर्न माग गर्दै भन्दै निवेदन दिएका थिए ।

यसअघि उनी दुबईमा आफ्नो ज्यान असुरक्षित रहेको भन्दै त्यहाँबाट भागर बेलायत पुगेकी थिइन् । उनी जोर्डनका राजा अब्दुल्लाह द्वितीयकी सौतेनी बहिनी हुन् । यो जोडीबीच जारी कानूनी लडाईँबारे जोर्डनबाट भने कुनै टिप्पणी आएको छैन ।

राजकुमारी हाया हाल लण्डनको किन्सिङ्टनमा लुकेर बसिरहेको बेलायती सञ्चारमाध्यमहरु बताउँछन् ।

शेख मोहम्मदसँग छैटौं श्रीमतीका रुपमा उनको विवाह सन् २००४ मा भएको थियो । शेख मोहम्मदका विभिन्न पत्नीमार्फत् २० भन्दा धेरै सन्तान छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ६ : ०० बजे

पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

सिरहा– आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक

जाडो छल्न आएका चरा फर्किन थाले

चितवन– जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् ।

युद्धमा होमिए पाकिस्तान-अफगानिस्तान : १२७ जना मारिए 

इस्लामाबाद– दुई छिमेकी पाकिस्तान र अफगानिस्तान युद्धतिर होमिएका छन् । बिहीबार

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौं– यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’