बिजुली र इन्धन बिना पानी तान्ने पम्प सञ्चालनमा, मन्त्री मगरबाट निरीक्षण « Khabarhub

बिजुली र इन्धन बिना पानी तान्ने पम्प सञ्चालनमा, मन्त्री मगरबाट निरीक्षण


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री बिना मगरले बिजुली र पेट्रोलियम पदार्थको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिँचाइ तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गरेकी छन् ।

ललितपुरको गोदावरी नगरपालिकाअन्तर्गत ठैब र गोदावरीस्थित सञ्चालनमा ल्याइएको उक्त प्रविधिको मन्त्री मगरले निरीक्षण गरेकी हुन् । नेशनल एग्रिकल्चर एण्ड फरेष्ट्री प्रालिले पम्पको माध्यमबाट बिना बिजुली र इन्धन पानी तान्ने प्रविधि नेपालमा भित्र्याएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक गौतम महर्जनले यस्तो प्रविधि नेदरल्याण्डबाट आयात गरिएको जानकारी दिए । नेपालका विभिन्न पहाडी इलाकामा यस प्रविधिको माध्यमबाट पानी तानेर गाउँबस्तीमा सिँचाइ र पिउनका लागि सहज बनाइएको प्रबन्ध निर्देशक महर्जनले बताए । कम्पनीले वर्षा र पापा पम्प नामकरण गरी प्रविधिको प्रयोग गरिरहेको छ ।

‘यो पम्पबाट पानी तान्न बिजुली र डिजेल चाहिँदैन । यो पानीको प्रेसरबाट नै चल्ने पम्प हो’, महर्जनले भने, ‘विशेष गरी पहाडी क्षेत्रमा तल खोलाबाट पानी तानेर माथि गाउँबस्तीमा पुर्‍याउन यो प्रविधि निकै सहयोगी हुने गर्दछ । वर्षामा पम्पले बिना बिजुली र इन्धन बगेको पानीको प्रवाहबाट पम्पलाई घुमाइ नदी, खोला वा नहरको पानीलाई २० मिटर ठाडो र दुई किलोमिटर दूरीमा फाल्ने काम गर्छ ।’

पापा पम्पबाट पहाडतिर घट्ट चलाएजस्तो पम्प चलाएर ५० मिटरदेखि १५० मिटर ठाडो उचाइमा पानी तान्न सकिने महर्जनले जानकारी दिए । यस पम्पबाट पानी तानेर सिँचाइ र माछापालन गर्न सकिने उनको भनाइ छ । महर्जनले यो सबैभन्दा सस्तो प्रविधि भएको दाबी गरे ।

अवलोकनपछि मन्त्री मगरले यस किसिमको प्रविधि नेपालको हरेक गाउँ बस्तीमा निकै उपयोगी हुने बताइन् । यस किसिमको नयाँनयाँ प्रविधिको प्रवद्र्धनमा सरकारले सहयोग गर्ने उनको भनाइ थियो ।

सो अवसरमा मन्त्री मगरसँगै खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका कार्यकारी निर्देशक लिलाप्रसाद ढकाल पनि सहभागी थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ७ : ५१ बजे

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न