प्रदेश–२ ले हाल्यो संघीय सरकारविरुद्ध सर्वोच्चमा मुद्दा « Khabarhub

प्रदेश–२ ले हाल्यो संघीय सरकारविरुद्ध सर्वोच्चमा मुद्दा


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश दुई सरकारले संघीय सरकारविरुद्व सर्वोच्चमा मुद्दा दायर गरेको छ।

प्रदेश सरकारको मातहतमा रहेको सागरनाथ वन योजनालाई आफूखुशी कम्पनीमा रुपान्तरण गरेको भन्दै प्रदेश दुई सरकारले सरकारविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको हो ।

प्रदेश दुई सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तर्फबाट संघीय सरकारविरुद्व बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको हो।

संविधान अनुसार प्रदेशको क्षेत्र भित्रको राष्ट्रिय वनको संरक्षण र व्यवस्थापनको सम्पूर्ण जिम्मा प्रदेश सरकारको भएता पनि विना कुनै सल्लाह राष्ट्रिय वनको रूपमा रहेको सागरनाथ वन विकास परियोजनालाई संघीय सरकारले कम्पनीमा रुपान्तरण गरी आफ्नो मातहतमा राख्न खोजेको भन्दै मन्त्रालयले संघीय सरकारविरुद्व मुद्दा दर्ता गरेको प्रदेश दुईका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले बताए।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौंलाई विपक्षी बनाएर दायर गरिएको मुद्दामा उत्प्रेषण, प्रतिषेध र परमादेशसमेत माग गरिएको छ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ९ : ०३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको