प्रदेश–२ ले हाल्यो संघीय सरकारविरुद्ध सर्वोच्चमा मुद्दा | Khabarhub Khabarhub

प्रदेश–२ ले हाल्यो संघीय सरकारविरुद्ध सर्वोच्चमा मुद्दा


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश दुई सरकारले संघीय सरकारविरुद्व सर्वोच्चमा मुद्दा दायर गरेको छ।

प्रदेश सरकारको मातहतमा रहेको सागरनाथ वन योजनालाई आफूखुशी कम्पनीमा रुपान्तरण गरेको भन्दै प्रदेश दुई सरकारले सरकारविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको हो ।

प्रदेश दुई सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तर्फबाट संघीय सरकारविरुद्व बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको हो।

संविधान अनुसार प्रदेशको क्षेत्र भित्रको राष्ट्रिय वनको संरक्षण र व्यवस्थापनको सम्पूर्ण जिम्मा प्रदेश सरकारको भएता पनि विना कुनै सल्लाह राष्ट्रिय वनको रूपमा रहेको सागरनाथ वन विकास परियोजनालाई संघीय सरकारले कम्पनीमा रुपान्तरण गरी आफ्नो मातहतमा राख्न खोजेको भन्दै मन्त्रालयले संघीय सरकारविरुद्व मुद्दा दर्ता गरेको प्रदेश दुईका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले बताए।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौंलाई विपक्षी बनाएर दायर गरिएको मुद्दामा उत्प्रेषण, प्रतिषेध र परमादेशसमेत माग गरिएको छ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ९ : ०३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले