चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता « Khabarhub

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणको हवाई मार्ग सेवा सुरक्षा मापदण्ड विभागले बुधबार सुरक्षा परिपत्र जारी गर्दै वायुसेवा सञ्चालक, विमानस्थल सञ्चालक, हवाई सेवा प्रदायक तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको हो।

परिपत्रअनुसार उक्त मौसमी प्रणालीका कारण नेपालमा मध्यमदेखि भारी वर्षा, चट्याङसहितको हुरीबतास, तीव्र हावाहुरी तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ। यसको प्रभाव विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पर्न सक्ने तथा कर्णाली र सुदूरपश्चिमका केही भागमा समेत असर देखिन सक्ने मौसम पूर्वानुमान महाशाखाको आकलन छ।

प्राधिकरणले बिहीबार कात्तिक १२ देखि शनिबार कात्तिक १४ गतेसम्म भारी वर्षा, तीव्र हावाहुरी र कम दृश्यताका कारण हवाई उडान तथा अवतरण प्रभावित हुन सक्ने जनाएको छ। प्रतिकूल मौसमले विमानस्थल सञ्चालन र धावनमार्गको अवस्थासमेत प्रभावित पार्न सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ।

प्राधिकरणले हवाई ट्राफिक व्यवस्थापन गर्ने निकायलाई प्रतिकूल मौसममा उडान सञ्चालनको उचित योजना बनाउन र आवश्यकताअनुसार अन्य हवाई सेवा इकाइसँग समन्वय गर्न निर्देशन दिएको छ। मौसम निर्धारित सञ्चालन सीमाभन्दा प्रतिकूल भएमा उडानको मार्ग परिवर्तन, होल्डिङ तथा अन्य आवश्यक व्यवस्थापन गर्न पनि भनिएको छ।

त्यस्तै, हवाई ट्राफिक नियन्त्रकलाई विमानबीच आवश्यक दूरी कायम गर्न तथा विन्ड सियर, वायुमण्डलीय अस्थिरता र चट्याङयुक्त हुरीबताससम्बन्धी जानकारी उडानमा रहेका तथा अवतरणको तयारीमा रहेका विमानलाई तत्काल उपलब्ध गराउन निर्देशन दिइएको छ।

भारी वर्षाका कारण धावनमार्गमा पानी जम्ने, सतह चिप्लिने र विमानको ब्रेकिङ क्षमतामा असर पर्ने जोखिमलाई ध्यानमा राख्दै नियमित निरीक्षण गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। विमानस्थल सञ्चालन, सिभिल इन्जिनियरिङ तथा एयरसाइड विभागबीच समन्वय कायम गर्न, हावाले उडाएर ल्याएका वस्तु तथा फोहोर हटाउन र विमानस्थलका बत्ती तथा अन्य अत्यावश्यक प्रणाली चुस्त अवस्थामा राख्न भनिएको छ।

वायुसेवा सञ्चालक तथा उडान चालक दललाई उडानअघि मौसमको विस्तृत मूल्याङ्कन गर्न, सम्भावित ढिलाइ तथा होल्डिङको अवस्थालाई ध्यानमा राख्न र आवश्यक परे वैकल्पिक विमानस्थलमा अवतरण गर्न सक्ने गरी पर्याप्त इन्धनको व्यवस्था गर्न प्राधिकरणले निर्देशन दिएको छ।

यसैगरी, हवाई मार्ग तथा हवाई ट्राफिक व्यवस्थापनका अत्यावश्यक पूर्वाधार, वैकल्पिक विद्युत् आपूर्ति र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न तथा कुनै गम्भीर जोखिम, अवरोध वा सुरक्षा घटना भएमा तत्काल जानकारी गराउन सम्बन्धित निकायलाई भनिएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ७ : २३ बजे

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश