नापोलीमाथि युभेन्टसको रोमान्चक जित « Khabarhub

नापोलीमाथि युभेन्टसको रोमान्चक जित


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ईटालियन सिरि एमा युभेन्ट्सले नापोलीलाई हराएको छ । शनिबार राति ७ गोल भएको खेलमा युभेन्ट्सले नापोलीमाथि ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो।

१६ औ मिनेटमा ड्यानिलोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । १९ औ मिनेटमा गोन्जालो हिग्युनले अग्रतालाई दोब्बर बनाए । ६२ औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सलाई ३–० को स्थितीमा पुर्याएका थिए ।

६६ औ मिनेटमा कोस्टास मानोलसले नापोलीका लागि पहिलो गोल गरे । हिर्भिङ लोजानोले ६८ औ मिनेटमा गोल गर्दै खेललाई ३–२ को स्थितीमा पुर्‍याएका थिए । ८१ औ मिनेटमा जियोवन्नी डी लोरेन्जोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ उन्मुख खेलको ईन्जुरी समयमा नापोलीका कालिदौ कोलीबालीले आत्मघाती गोल गरेपछि युभेन्ट्सले खेलमा विजयी बन्यो । निकै नै रोमाञ्चक खेलमा युभेन्ट्स स्पष्ट ३ अंक जोड्न सफल बन्यो ।

पछिल्ला ८ उपाधि जितेको युभेन्ट्सका लागि म्याथिज डी लिटले नापोलीविरुद्वको खेलमा डेब्यु गरेका थिए । युभेन्ट्सका मुख्य प्रशिक्षक माउरिजियो सर्री निमोनियाका कारण टर्च लाईनमा देखिएनन् तर उनले एलिनाज स्टेडियममा बसेर खेल हेरेका थिए । शीर्ष स्थानको युभेन्ट्सले २ खेलबाट ६ अंक जोडेको छ । नापोली ३ अंक सहित आठौं स्थानमा छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : ४६ बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको