अमेरिकाको हवाइमा २० वर्षयताकै ठूलो बाढी : हजारौं विस्थापित « Khabarhub

अमेरिकाको हवाइमा २० वर्षयताकै ठूलो बाढी : हजारौं विस्थापित


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

हवाई – अमेरिकाको हवाई राज्यमा भारी वर्षासहितको आँधीबेहरीपछि राज्यव्यापी उच्च सतर्कता अपनाइएको छ। शक्तिशाली मौसमी प्रणालीका कारण भारी वर्षापछि आएको बाढीका कारण स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न निर्देशन दिएको छ।

राज्यका गभर्नर जोस ग्रीनका अनुसार ओहाउ टापु तथा माउई काउन्टीका केही भूभागमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । पछिल्लो एक साताभित्र यो दोस्रो शक्तिशाली मौसमीय प्रकोप हो।

गत १० दिनमा राज्यका कतिपय क्षेत्रमा भारी वर्षा भइसकेको छ । ‘यस आँधीलाई हल्का रूपमा नलिनुहोस,’ भिडियो सन्देशमार्फत चेतावनी दिइएको छ । हालसम्म मानवीय क्षति नभए पनि केही गम्भीर घाइते भएका विवरण सार्वजनिक भएको छ।

प्रकोपका कारण विस्थापित नागरिकका लागि सहुलियतदरमा होटल सुविधा उपलब्ध गराउने कार्यक्रम राज्य सरकारले सञ्चालनमा ल्याएको छ। यसैबीच, पहिल्यै पानीले भिजेको जमिनका कारण सामान्य वर्षाले समेत बाढी, सडक अवरोध तथा भौतिक क्षति निम्त्याउन सक्ने चेतावनी दिइएको छ।

होनोलुलुका मेयर रिक ब्लाङ्गियार्डीले आँधीबेहरीबाट हुने क्षति १ अर्ब अमेरिकी डलरभन्दा बढी पुग्न सक्ने अनुमान गरेका छन्। उनका अनुसार हालसम्म २३० भन्दा बढी व्यक्तिको उद्धार गरिसकिएको छ।

आपतकालीन व्यवस्थापन विभागले पटक–पटक आकस्मिक बाढीको चेतावनी जारी गर्दै नागरिकलाई सुरक्षित उचाइयुक्त स्थानमा जान तथा बाढीग्रस्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ। मोलोकाइ तथा ‘बिग आइल्याण्ड’ सहितका क्षेत्रमा समेत सतर्कता लागू गरिएको छ।

गभर्नर ग्रीनले यो विपद्ले विमानस्थल, विद्यालय, सडक, अस्पताल तथा आवासीय संरचनामा व्यापक क्षति र्पुयाएको उल्लेख गर्दै ‘यो पछिल्लो २० वर्षयताकै ठूलो बाढी हो’ भनेका छन्।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ७ : ०५ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र