बन्दुकधारीले जथाभावी गोली चलाउँदा अमेरिकामा पाँच जना मारिए « Khabarhub

बन्दुकधारीले जथाभावी गोली चलाउँदा अमेरिकामा पाँच जना मारिए


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाको टेक्सस राज्यमा भएको गोलीकाण्डमा कम्तीमा ५ जना मारिएका छन् । एक जना बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभावी गोली चलाउँदा पाँच जना मारिएका हुन् ।

टेक्ससका पश्चिमी नगरहरू ओडेसा तथा मिडल्याण्डमा उक्त घटना भएको हो । प्रहरीका अनुसार एकजना संदिग्ध गोरा पुरुषलाई गोली हानेर मारिएको छ। गोलीकाण्डबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

ओडेसा नगरका प्रहरीका अनुसार सबभन्दा पहिले ती संदिग्ध पुरुषले उनको गाडी रोक्ने ट्राफिक प्रहरीलाई गोली हानेका थिए। करिब ३० वर्ष हाराहारीका ती बन्दुकधारीले त्यसपछि हुलाक सेवाको एउटा ट्रक खोसे अनि नजिकैको मिडल्याण्ड नगर आवतजावत गर्दै लगातार गोली प्रहार गरिरहेका थिए ।

जवाफी कारबाहीमा उनलाई प्रहरीले एउटा सिनेमाघर नजिकै गोली हानेर मारेको बताइएको छ। प्रहरी प्रवक्ताले बताए अनुसार कम्ती १६ जना घाइते भएका छन् । घाइतेमध्ये केही प्रहरी पनि रहेको जनाइएको छ ।

ओडेसाको अस्पतालले दुई वर्षभन्दा कम उमेरको एक शिशु पनि घाइते अवस्थामा ल्याइएको जनाएको छ। त्यहाँ भर्ना गरिएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

ट्रम्पको प्रतिक्रिया

गोलीकाण्ड लगत्तै ट्वीटरमा प्रतिक्रिया दिँदै राष्ट्रपति डोनल्ड ट्रम्पले आफू घटनाको जानकारी लिइरहेको जनाएका छन्।
उपराष्ट्रपति माइक पेन्सले पनि घटनाबारे प्रतिक्रिया दिएका छन्।

एउटा पत्रकार सम्मेलन सम्बोधन गर्दै उनले ट्रम्प प्रशासन कंग्रेसमा रहेका दुवै दलका सदस्यहरूसँग मिलेर यस्ता गोलीकाण्डको विषय सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका छन्।

टेक्ससमा लगातार गोलीकाण्ड

टेक्ससको एल पासो नगरमा ठीक चार साता अगाडि पनि गोलीकाण्ड भएको थियो। सो गोलीकाण्डमा २२ जना मारिएका थिए।

उक्त घटना टेक्ससका लागि “इतिहासकै सबैभन्दा घातक दिनमध्येको एक रहेको” टेक्ससका गभर्नरले बताएका थिए। सो घटनामा संलग्न भएको भन्दै प्रहरीले एक २१ वर्षीय युवालाई हिरासतमा लिएको थियो।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ९ : १० बजे

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक