के छ चलचित्र ‘कबड्डी ३’ को ट्रेलरमा? « Khabarhub

के छ चलचित्र ‘कबड्डी ३’ को ट्रेलरमा?


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर सार्वजनिक गरिएको छ । पहिले फिल्म रिलिज गरिने भनिएको मितिमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा दयाहाङ राई र उपासनासिंह ठकुरीको प्रेम देख्न सकिन्छ । कुनै हिमाली गाउँको गुरुङ समुदायको कथा रहेको फिल्ममा कर्मा, बुद्धि तामाङ, विल्सनविक्रम राई, माओत्से गुरुङ, प्रकाश गुरुङ, रिश्मा गुरुङ, विज बराल, कविता आले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

उपासना सिंह ठकुरी र दयाहाङ राईको वरिपरि घुमेको ट्रेलरमा उपासना र दयाहाङको एकअर्काप्रतिको आकर्षण देखाइएको छ भने यसअघिका सिरिजमा शीर्ष भूमिका रहेकी रिश्मा गुरुङलाई ट्रेलरमा छैनिन् ।

रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्मको स्किृप्ट निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । असोज ३ गतेदेखि देशभरका हलमा रिलिज हुने यो फिल्मका अघिल्ला दुई सिरिज सुपरहिट भइसकेका छन् ।

चलचित्रलाई मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले निर्माण गरेका हुन् । फिल्मको ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  १० : १९ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने