खेलाडी सरुवा बजारको मिति सकिनै लाग्दा नेयमारको भविष्य अन्यौलमा ! « Khabarhub

खेलाडी सरुवा बजारको मिति सकिनै लाग्दा नेयमारको भविष्य अन्यौलमा !


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युरोपियन फुटबलको सरुवा बजार सोमबार अर्थात् सेप्टेम्बर २ मा सकिँदैछ । तर, विश्व फुटबलका प्रशंसकदेखि खेलाडीहरुसम्मको चाँसोको विषय बनेका स्टार खेलाडी नेयमारको सरुवा भने अझै अन्यौलमा छ ।

सन् २०१७ मा किर्तिमानी मूल्यमा स्पेनिस क्ल्ब बार्सिलोनाबाट लिग वान क्ल्ब पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका नेयमार क्लबबाट बाहिरिने योजना बनाइरहेका छन् ।

उनी आफैले पनि पीएसजीबाट बाहिरिने योजना बनाइरहेपनि दुई क्लबबीच कुरा नमिल्दा नेयमारको सरुवामा अन्योलता आइरहेको अन्तर्राष्ट्रिय संचारमाध्येमले बताइ रहेका छन् ।

अघिल्लो हप्ता गएको बिहीबार र शुक्रबारमा नेयमारबारे बार्सिलोना र पीएसजीले कुनै ठोस निर्णय गर्ने बताएपनि त्यसो हुन भने सकेन् ।

उनका लागि यो सरुवा बजार सुखद् अन्त्य हुने भने देखिँदैन् । नयाँ सिजन शुरु भइसक्दा पनि टिमबाहिर रहेका नेयमार पीएसजी छाडेर पूर्व क्लब बार्सिलोना फर्किने योजनामा छन् ।

तर, किर्तिमानी मूल्यमा लिएको पीएसजीले पनि राम्रो मूल्य पाउँदा नेयमारलाई छाड्ने बताउँदै आइरहेको छ ।

तर, बार्सिलोनाले उसले मागे जति दिन नसक्दा समस्या आइरहेको छ ।

त्यसोत बार्सिलोनाले आफ्नो टोलीका स्टार २ जना स्टार खेलाडीसहित १ सय मिलियन भन्दा धेरै रकम दिने बताउँदै आएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  १ : ०९ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका