भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र « Khabarhub

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र पञ्चकन्या मन्दिर आसपासको क्षेत्र फेरिँदै गएको छ । उपयुक्त पूर्वाधार विकाससँगै स्थानीय क्षेत्र पर्यटकीय तथा व्यापारिक केन्द्रका रूपमा रूपान्तरण हुन थालेको हो ।  

स्थानीय तह, प्रदेश सरकार तथा विभिन्न सरोकार भएका निकायको सक्रियतामा सञ्चालित विकास निर्माणका योजनाहरू सम्पन्न हुने क्रमसँगै च्याङ्ग्रेको स्वरूप फेरिएको स्थानीय बताउँछन् ।

विशेष गरी बजारको मुख्य भागमा अवस्थित ऐतिहासिक ‘च्याङ्ग्रे पोखरी’ को व्यवस्थित पुनःनिर्माण र सौन्दर्यीकरण गरिएको छ । पोखरीको चारैतिर पक्की पर्खाल तथा सुरक्षा घेराबारा लगाइएको छ भने किनारै-किनार पर्यटक तथा स्थानीयवासीका लागि पैदलमार्ग (वाकिङ ट्रयाक) निर्माण गरिएको छ । 

पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले पोखरीमा अहिले जलविहारका लागि पानी बोटसमेत सञ्चालनमा ल्याइएको जानकारी दिए । पोखरीको मनमोहक दृश्यले बजारमा आउने जोकोहीलाई लोभ्याउने गरेको छ भने साँझपख टहलिनका लागि यो क्षेत्र प्रमुख गन्तव्य बनेको उनको भनाइ छ ।

साथै पर्यटनलाई लक्षित गरी नजिकै झोलुङ्गे पुल निर्माण गरिएको छ । पर्यटक तथा स्थानीयवासी सो पुलमा पुगेर बजार क्षेत्रको मनोरम दृश्य अवलोकन गर्नुका साथै तस्विर तथा श्रव्यदृश्य सामग्री खिच्ने, रमाउने गरेका छन् । 

गाउँपालिका केन्द्रसमेत रहेकाले च्याङ्ग्रे क्षेत्रको योजनाबद्ध विकासमा विशेष जोड दिइएको अध्यक्ष राईले बताए। बजार क्षेत्रको सौन्दर्यीकरण र व्यवस्थित सहरीकरणका लागि च्याङग्रे पोखरीको संरक्षणका साथै आन्तरिक पर्यटन प्रवर्द्धन गरेको उनले विश्वास व्यक्त गरे। साथै, पोखरीको पौराणिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै पोखरी किनारमा ‘पञ्चकन्या मन्दिर’ निर्माण भइरहेको उनले जानकारी दिए ।  

‘हामी च्याङग्रे बजार क्षेत्रको योजनाबद्ध विकास गरिरहेका छौँ’, अध्यक्ष राईले भने, ‘यहाँका धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धनसँगै यस क्षेत्रमा सकारात्मक परिवर्तन आएको छ । आगामी दिनमा पनि दीर्घकालीन र योजनाबद्ध विकासका कामलाई निरन्तरता दिनेछौँ ।’

बजार प्रवेशको शून्य विन्दु तिवारीभञ्याङबाट च्याङ्ग्रे बजारसम्मको सडक कालोपत्रेसँगै बजार क्षेत्रमा ढल र नाली व्यवस्थापन गरिएसँगै ‘च्याङ्ग्रे’ व्यवस्थित बजार बन्दै गएको स्थानीय बालिका खत्रीले बताए । स्थानीय सरकार स्थापना भएपछि बजार क्षेत्रको विकासले गतिलिएको उनको भनाइ छ । 

यहाँका विद्यालय क्षेत्रको विकास तथा गाउँपालिकाको प्रशासनिक भवन निर्माणलगायत संरचनागत विकासले च्याङ्ग्रेलाई परम्परागत ग्रामीण बजारबाट आधुनिक सहरोन्मुख क्षेत्रका रूपमा स्थापित गर्दै लगेको छ । खेल क्षेत्रको विकास लागि बजार क्षेत्रमा पौवादुङमा रङ्गशाला निर्माण भइरहेको छ । 

पूर्वाधारमा भएको यस ऐतिहासिक सुधारले स्थानीय पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने स्थानीयवासीको भनाइ छ । पर्यटकीय पूर्वाधारहरू तयार भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको स्थानीय बताउँछन् । 

यसले स्थानीय व्यापार, होटल व्यवसाय तथा कृषि उपजको बजारीकरणमा सहजता भएको स्थानीयले प्रतिक्रिया दिएका छन् । 

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ४ : ०२ बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने