शुक्रवार नेपाल आएका थिए चिनियाँ ह्याकर, बैंकबाट पैसा निकालेर सोमबार भाग्ने तरखर ! | Khabarhub Khabarhub

शुक्रवार नेपाल आएका थिए चिनियाँ ह्याकर, बैंकबाट पैसा निकालेर सोमबार भाग्ने तरखर !



काठमाडौं– नेपालका विभिन्न बैंकका एटिएम ह्याक गरेर ठूलो मात्रामा रकम निकाल्न सफल चिनियाँ ह्याकरहरु भदौं १३ गते(शुक्रवार) नेपाल आएको तथ्य खुलेको छ ।

शनिवार राति नविल बैंकको दरबारमार्गस्थित एटिएम बुथबाट रकम निकालिरहेका १ जना चिनियाँ नागरिक पक्राउ परेपछि यस्तो तथ्य सार्वजनिक भएको हो ।

बुथबाट पैसा निकाल्ने क्रममा प्रहरी नियन्त्रणमा परेका ति चिनियाँ नागरिकले दिएको सूचनाका आधारमा अन्य चार जना चिनियाँ ह्याकरहरु पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

हात्तीसार स्थित जय नेपाल फिल्म हल नजिकको एक होटलमा बसेका उनीहरुलाई प्रहरीले शनिवार राति नै नियन्त्रणमा लिएको थियो ।

‘काठमाडौं आएपछि फरक फरक होटलमा बस्दै आएका उनीहरुलाई जय नेपाल नजिकको होटलबाट पक्राउ गरिएको हो’ पक्राउ परेका चिनियाँ नागरिकलाई सार्वजनिक गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएपी उत्तम सुवेदीले भने, ‘कोठा सर्न लागेको बेलामा उनीहरुलाई पक्राउ गरिएको हो ।’

नक्कली कार्ड र रुपैयाँ बरामद

प्रहरीका अनुसार चिनियाँ ह्याकरहरुले नेपाली बै‌ंकका एटिएमबाट १ करोड ६८ लाख ५४ हजार लुटेका छन् । तर, उनीहरुको साथबाट नेपाली र विदेशी मुद्रा समेत गरी १ कराेड ३६ लाख रुपैयाँ मात्रै बरामद भएकाे एसएसपी सुवेदीले जानकारी दिए ।

प्रहरीले उनको साथबाट १ करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, अमेरिकी डलर ९ हजार १ सय ८, चिनियाँ मुद्रा १ हजार १ सय ९१, युरो २ सय ५०, क्याम्बोडियन मुद्रा ५ हजार र हङकङ डलर ८० फेला परेको जनाएको छ ।

त्यस्तै, प्रहरीले पाँच जना ह्याकरको समूहबाट नक्कली भिसा कार्ड १३२ थान, सक्कली भिसा कार्ड १७ थान, कार्ड प्रिन्टर १ थान, मोबाइल ६ थान, डाटा कार्ड एक थान समेत फेला पारेको छ ।

प्रहरीका अनुसार उनीहरुले बैंकहरुको डाटा ह्याक गर्ने र नक्कली कार्ड प्रयोग गरेर एटीएम बुथबाट पैसा निकालेका थिए ।

शुक्रवार नेपाल आएका उनीहरु भदौ १६ (भोलि) चीन जाने तयारीमा थिए । भोलिको मितिका लागि उनीहरुले टिकेट बुकिङ समेत गरिसकेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ३ : १३ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला