साग महिला फुटबलकको अभ्यासका लागि ३२ खेलाडी छानिए « Khabarhub

साग महिला फुटबलकको अभ्यासका लागि ३२ खेलाडी छानिए


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत महिला फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको छ ।

मुख्य प्रशिक्षक हरि खड्काले आइतबार प्रशिक्षणमा रहेका ४२ खेलाडीबाट प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले किर्गीस्तानमा आयोजना हुने नादेझ्दा कप अघि अन्तिम २३ सदस्सीय नेपाली टोलीको घोषणा गर्ने जनाएको छ।

नेपालले सागका लागि गत साउन २६ गतेबाट प्रशिक्षण शुरु गरेको थियो । नेपाली टोलीले सुरुवातमा एन्फा कम्प्लेक्स मैदान सातदोबाटो र हाल नक्सालस्थित प्रहरी प्रधान कार्यालयको मैदानमा प्रशिक्षण गरिरहेको छ । किर्गिस्तानको नादेझ्दा कप भदौ २० गतेदेखि २७ गतेसम्म आयोजना हुनेछ । साग आगामि मंसिर १५ बाट २४ सम्म पोखरामा रंगशालामा हुनेछ ।

नेपाली महिला टोली

गोलकिपर : एन्जिला सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर : हिरा कुमारी भुजेल,गीता राना, मनमाया लिम्बु, निशा थोकर, पुनम जर्गा मगर,विमला विके, पुजा राना मगर, रोजिना श्रेष्ठ,घिम कुमारी गुरुङ, अमृता जैसी, कविता धिमाल
मिडफिल्डर : अन्जली कुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, इन्दिरा राई, विमला चौधरी, दिपा राई, सपना लामा, सर्मिला थापा, सबिता राना मगर, प्रिती राई
फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, रेखा केसी, रेखा पौडेल, निरु थापा, कृष्णा खत्री, रश्मी कुमारी घिसिङ

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ४ : १७ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले